पोखरा । चिकित्सकमाथि कुटपिट विरोधमा पोखराका चिकित्सकहरुले बुधबार पनि आन्दोलन जारी राखेका छन् । इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेर डाक्टरहरु ड्रेसमै सडक आन्दोलनमा छन् ।
पोखराको चिप्लेढुंगाबाट सुरु भएको विरोध प्रदर्शन न्युरोड, सभागृहचोक, सिर्जनाचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय कार्यालय अघि गएर धर्ना दिइरहेकोछ । उनीहरुले डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर, शान्तिसुरक्षा कायम गर लगायतका नाराबाजी गरिरहेका छन् । मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युको विषयलाई उत्पन्न घटनाक्रमले अहिले देशभरका चिकित्सक हड्तालमा छन् ।
Facebook Comments Box