ईदुल-फित्र, ईदको खुसीमा नयाँ कपडा लिनुको सट्टा असहाय र पिडितहरुलाई सहयोग गरौ: मुस्लिम संगठन

खवर पाटी (खोज खबरको अभियान)

मुस्लिम संगठन नेपालले एक प्रेस विज्ञप्ती जारी आम नेपाली मुस्लिम समुदायलाई सजक बनाउदै अहिलेको कोरोना भाईरसको माहामारीको बेलामा नेपाल सरकारले दिएको निर्देशनको पूर्ण रुपमा पालना गर्दै यस पवित्र महिना रमजान र इदुल-फित्रलाई लक्षित गरी केही बुदाँहरु सहित आब्हान गरेको छ ।
पवित्र महिना रमजान र मुस्लिमहरुको इबादत (उपसना) को खुसीमा यस पाली नयाँ कपडा नलिउ बरु त्यो पैसा बचाएर गरिब असहाय र पिडितहरुलाई सक्दो सहयोग गरौ, भन्दै मुस्लिम समुदायको महान पर्व ईदुल-फित्र ईदको पावन अवसरमा शुभकामना (ईद मुबारक) ब्यक्त गछौं, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा मुस्लिम संगठन नेपालले नेपाल सरकार पनि वर्तमान अवस्थामा कुनै समुदाय विषेशलाई लिएर बिभिन्न सञ्चार माध्यमहरुमा कुनै पनि प्रकारका भ्राकम समाचारहरु प्रकाशित भएकोमा यस्ता गलत समाचार प्रकाशन प्रसारण गर्ने सञ्चार माध्यमलाई छानबिन गरी कारवाही गर्न र यस महामारीको अवस्थामा खाद्य वस्तुहरुमा काला बाजारी गर्ने जो कोहिलाई कारवाही गर्न पनि माग गरिएको छ ।
मुस्लिम संगठन नेपालद्धार जारी प्रेस विज्ञप्ती :

Facebook Comments Box