काठमाडौं । प्रथम उपराष्ट्रपति परमानन्द झा को प्रमुख आतिथ्यता तथा मिलाप मासिकका प्रधान सम्पादक, प्रकाशक कृष्ण भुसालको सभापतित्वमा मिलाप मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै दशैं २०८० को शुभकामना आदान, प्रदान एवं स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ ।
विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगी लगायतको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीत संगीत विशेष सम्मान (२०८०’ प्रदान गरिएको थियो । समारोहमा वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, वरिष्ठ गीतकार अमर वान्तु र अम्बिका गुरुङलाई ‘मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान’ अर्पण गरिएको थियो ।
कार्यक्रममा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्माता, निर्देशक रोशनी केसी, गीतकार कविप्रकाश सुवेदी, निर्देशक कलाकार शेखर खनाल, भिडियो सम्पादक निर्देशक निशानबाबु घिमिरे, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, गीतकार प्रदीप पाण्डे, साहित्यकार जनक रावल, गीतकार समीर राई, साहित्यकार रमेश दाहाल, गायक चित्रकार सुरेन्द्र महर्जन, व्यवसायी प्रमोदप्रसाद चौधरी, साहित्यकार समाजसेवी शैलेन्द्र चापागाईं, गीतकार गणेश घिमिरे, चर्चित टाटु आर्टिष्ट सुमिना श्रेष्ठ र चाँदनी कुँवरलाई विशेष सम्मान गरिएको थियो । यस्तै, पत्रकार सूर्य चन्द, अक्कल कुँबर, लेखनाथ पोखरेल, सुमित रजक र रमेश बोहोरालाई मिलाप पत्रकारिता सम्मान प्रदान गरिएको थियो । मिलाप मासिककी कार्यकारी सम्पादक तथा कार्यक्रम संयोजक गीता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकाली, गायक सीताराम पोखरेल, गायक, संगीतकार कन्हैया सिंह, कोरियो ग्राफर, मोडल जयन सुब्बा मानन्धर, विशिष्ठ कलाकार लय संग्रौला, साहित्यकार खेमनाथ दाहाल लगायतले बडादशैँको शुभकामना मन्तव्य राख्दै मिलापले गरेका कार्यको प्रशंसा गर्नुभएको थियो ।
दीपा तामाङ र प्रनिता खड्काले नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रममा वर्षभरी मिलापको कभरमा आएका स्रष्टालाई कभर सम्मान अर्पण गरिएको थियो । वरिष्ठ गायक एवं संगीतकार कन्हैया सिंह, साहित्यकार लेखनाथ पोखरेल, नायक गजित विष्ट, गायिका काव्य आचार्य, गायक प्रदीप पाठक, गायक माधव भण्डारी, गीतकार हरि उप्रेति, साहित्यकार वसन्त श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, संगीतकार दीपकशर्मा, कोरियोग्राफर जोगेन्द्र केसी, सम्राट दाहाल, रेशमकुमार विश्वकर्मा, शैलाप वाइबा, कीर्तिमान तामाङ लगायतलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा, सञ्चारकर्मी दिपज्योती थापा, नृत्यकार खडका र तामाङ एवं रमेश थापालाई मायाको चिनो प्रदान गरिएको थियो भने दीपज्योति थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन ।