सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो: पूर्वराजा शाह

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, ८ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताउनुभएकाे छ । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले उक्त प्रतिकृया दिनुभएकाे हाे ।

उहाँले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको पनि उल्लेख गर्नुभएकाे छ ।

ट्वीट गर्दै उहाँले लेख्नुभएकाे छ- ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो । नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।’

भारतले केही दिनअघि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो । भारतको उक्त कदमको नेपाल तीव्र विरोध भएको थियो ।

सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालकाे नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेकाे छ ।

Facebook Comments Box