१७ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमित संख्या ४ सय ४४

खवर पाटी (खोज खबरको अभियान)

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जना, धनकुटा र सुनसरीमा १/१ जनामा काेराेना पुष्टि भएकाे हाे ।

सहप्रवक्ता अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कुल संक्रमितमध्ये २ जनाकाे मृत्यु भएकाे छ भने  ४५ जना भने निकाे भएर डिस्चार्ज भइसकेका छन् ।

Facebook Comments Box