राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौँ– राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित गरेको विधेयक मंगलबारको राष्ट्रिय सभाको बैठकले पारित गरेको हो । राष्ट्र गानको प्रयोग, राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको मर्यादाक्रम निर्धारण, शोक तथा सम्मानमा दिने सलामी, राष्ट्रिय झण्डाको प्रयोग लगायतका विषय समेटेर यो विधेयक निर्माण गरिएको छ । 

राष्ट्रिय सभाबाट पारित उक्त विधेयकमा शिक्षकलाई पनि मर्यादाक्रममा समेटिएको छ । विधेयकमा माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ । माध्यमिक तह द्धितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ ।

यस्तै माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक २२ औँ स्थानमा राखिएको छ ।  मर्यादाक्रमको पहिलो स्थानमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष र पाँचौ स्थानमा प्रधानन्यायधीश रहने विधेकमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *