टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ, निर्णय तत्काल फिर्ता होस् : विश्वप्रकाश शर्मा

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको आलोचना गरेका छन् । शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको तर्क गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

उनले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, “गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाएर बन्द गर, नो कमेन्ट l तर, एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस् l”

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *