काठमाडौं । मंसिर ७ गते काठमाडौंमा हजारौ मान्छे उतार्ने भन्दै मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ तराईका विभिन्न जिल्लामा घुमिरहेका छन् । उनको अभियानमा साथ दिने र उनलाई हेर्नेको घुँइचो लागेको समेत लागेको छ । सबै सम्पती आफ्नो सकेर भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई नछाड्ने चेतावनी दिएका छन् । मंगलबार झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली र बस्नेतलाई सो चेतावनी दिएका हुन् । उनले भने,‘मैले बैकको ऋण तिरेन भन्छन् कि, मैले पाँच सय करोड ऋण लिदा ५ हजार करोडको सम्पती धितो राखेको छु । ति बिर्तामोडमा, तपाईहरु पुग्नुभएको छ त ? बिर्तामोडमा ५ बिगा जग्गा र त्यत्रो बिल्डिङ भएको मान्छे, मैले तिर्न सकिन भने मेरो सम्पती लिलाम गरेर लैजाओस् ।’
उनले बैकको रिण लिएपछि तिर्न नसकेपछि अभियन्ताका रुपमा उदाएको आरोप लाग्दै आएको छ । तर, उनले आफुले कसैको पनि रिण नलागेको स्पष्टिकण दिँदै आएका छन्। दुई साता अघि काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका भातृ संगठनले उनलाई मोसो दलेपछि प्रसाई एमालेप्रति आक्रोशित बन्दै आएका छन् ।
पुर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउने, माडवाणी समुदायका मान्छेले नेपाली ठगेको उनको मुख्य आरोप छ । देशमा अहिलेका भ्रष्टचारले आक्रान्त पारेको भन्दै उनले मंसिर ७ गते काठमाडौंमा हुने नागरिक बचाउँ अभियान चलाउने तयारीमा छन्। यसैका लागि उनी यतिबेला तराईका विभिन्न जिल्लामा नागरिकलाई सम्बोधन गर्दै काठमाडौं जान आग्रह गरिरहेका छन्। हिजो मात्रै जनकपुरमा उनले भाषणा दिएका थिए । यता सरकारले आफ्नो विरोधी बढेको भन्दै गत सोमबारदेखि नेपालमा टिकटक प्रसारणमा रोक लगाइसकेको छ । सरकारले अश्लिल भिडियो तथा समाज भाँड्ने काम भइरहेको भन्दै टिकटक बन्द गरेको जानकारी दिइसकेको छ । तर,सरकार पक्षकै सांसदहरुले यसको चर्को विरोध गर्दै आइरहेका छन् ।