रास्वपाले रामचन्द्र पाैडेललाई भाेट हाल्ने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट हाल्ने भएको छ। बिहीबार बिहान बसेको रास्वपाको बैठकले नेपाली कांग्रेसका नेता पौडेललाई भोट दिने निर्णय गरेको हो।

राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्। संघीय संसद् भवन नयाँबानेश्वरमा हुने निर्वाचनमा बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। निर्वाचन आयोगक‍ अनुसार मतपरिणाम आज साँझ ७ बजे नै आउनेछ।

रास्वपाको १९ सिट छ, जसको मतभार १५ सय १ हुन्छ। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा रास्वपाले २० सिट जितेको भएपनि सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उनको सांसद् पद खारेज भइ १९ मा झरेको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *