टी-२० सिरिजमा नेपालको दोस्रो हार, हङकङ ९ विकेटले विजयी

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजमा नेपालले दोस्रो हार व्यहोरेको छ । बिहीबार भएको खेलमा नेपाल, हङकङसँग ९ विकेटले पराजित भएको हो । लगातार दोस्रो जित हात पार्ने क्रममा घरेलु टोली हङकङले नेपालले दिएको ५७ रनको लक्ष्य मात्र ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि नताशा माइल्सले अविजित ३० रन बनाइन् भने शान्जीन शहजादले अविजित २० रन जोडिन् । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८ ओभरमा ५६ रन जोड्दा सबै विकेट गुमाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । हङकङ र तान्जानिया भने एक खेल अगाडि नै फाइनलमा पुगेका छन् । नेपालले समूह चरणको अन्तिम खेल जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थानका लागि पनि जापानसँग अर्को खेल खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *