सन्दर्भ मेलमिलाप दिवस : विपिको मेलमिलाप नीति आज पनि सान्दर्भिक

समाचार
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित एकदिने विचार विमर्श कार्यक्रममा सहभागी वक्ताहरुले तत्कालीन समयमा विपिले लिएको राष्ट्रिय एकता नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखेका छन् । नेपाली काँग्रेस नुवाकोट संगठन विभागले भर्चुअल माध्यमले विचार विमर्शको आयोजना गरेको थियो । कार्यक्रममा नुवाकोट कांग्रेस सभापति रमेशकुमार महतले विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनले १०४ वर्षीय निरङ्कुश राणाशासनको अन्त्य भइ मुलुकमा प्रजातन्त्रको स्थापना गर्न जननेता विपि कोइरालाले पु¥याउनु भएको योगदानको चर्चा गरेका थिए । उहाँले मुलुकको राजनीतिक दृिष्टृकोण र बदलिदो विश्व राजनीतिको कारण मुलुक निर्माणका लागि रािष्ट्रय एकताको आवश्यकता छ भन्नु भयो । यसैगरी उपसभापति राजु थापाले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र एक अर्काको परिपूरक भएकाले मेलमिलाप नीतिद्वारा मुलुकमा सुशासन, विकास तथा सम्वृद्धि कायम गर्न सहायक नीति हुनसक्ने बताए । उनले भने “हाल नेपाली कांग्रेसभित्र मौलाउदै गएको गुटउपगुटको अन्त्य गर्न सम्पूर्ण नेता तथा शुभेच्छकहरुले विपिको चिन्तनलाई मनन् गरी उहाँको विचारलाई व्यवहारमा उतार्नुपर्ने छ ।” कार्यक्रममा पार्टी सचिव श्रीराम श्रेष्ठले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भ चलिरहँदा आज तिनै विपि र गणेशमानले त्याग र बलिदानी दिएर स्थापित गरेको नेपाली काँग्रेसको आदर्श धुमिल बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले पार्टीको सिद्धान्त र व्यवहारगत कार्य प्रणाली निस्तेज बन्दै आन्तरिक एकता र प्रजातान्त्रिक अभ्यास खललिएकोमा मेलमिलाम नीति उपयुक्त बाटो खोज्न सझा मिलन बिन्दू बन्नसक्ने बताए । यस्तै कांग्रेस नेतृ विन्दा आर्यालले बिपिको मेलमिलाप नीतिलाई अनुशरण गरी देशमा भएको २०४६ को जनआन्दोलन, २०४७ को संविधान, २०६२/ ६३ को जनआन्दोलन र २०७२ को संविधान जारी भएको कुरा नकार्न नसकिने बताईन् । प्राजातािन्त्रक िविचार समाज नुवाकोटका अध्यक्ष होमनाथ नेपालले विपिले प्रतिपादित राष्ट्रय मेलमिलाप्को नीति तत्कालीन अवस्थाका साथै अहिले पनि उत्तिकै सान्दफ्भिक देखिएको बताउनु भयो । कार्यक्रममा ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष रामराजा बोगटी, तरुण दलका क्षेत्रीय सभापति सुरजप्रसाद श्रेष्ठ, विदुर नगर कार्यसमितिका सचिव अच्युतराज महन्त, ििवडा सभापति रामशरण थापा, नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापति रविन दाहाल लगायतले बीपीको राष्ट्रिय एकता र मेलमिलाप नीतिका बारेमा चर्चा गरेका थिए । विपि कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइन्छ। कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ । प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाइँदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *