सहमतिमै संसद्‍बाट टीआरसी विधेयक अनुमोदन गर्ने माओवादी संसदीय दलको निर्णय

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । संसद्‍मा पेस भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक दलहरूको सहमतिका आधारमा टुङ्ग्याउने माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको छ । मंगलबार बिहान संसदीय दलको कार्यालय  सिंहदरबारमा बसेको बैठकले टीआरसी विधेयक संसद्बाट अनुमोदन गर्न मुख्य दलहरूसँग सहमति खोज्ने निर्णय गरेको हो ।

ठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अनुमोदन गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दल एमाले सकारात्मक भएको जानकारी दिएका थिए । यस्तै प्रतिनिधिसभामा सत्तापक्ष सांसदहरूसँग सहकार्य गरेर प्रतिवाद गर्ने निर्णय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि बनेका विभिन्न समूहमध्ये माओवादीले ६ वटा समूहको नेतृत्व लिने उनले  जानकारी दिए ।

‘मुख्य दलहरूको सहमतिमा टीआरसी विधेयक टुङ्ग्याउन पहल भइरहेको र यसमा प्रतिपक्ष एमालेसमेत सकारात्मक भएको प्रधानमन्त्रीज्यूले जानकारी दिनुभयो । संसद्‍मा सरकारको बचाउन प्रभावकारी ढङ्गले प्रस्तुत हुन निर्देशन दिनुभयो । संविधान कार्यान्वयनसम्बन्धी धेरैभन्दा धेरै विधेयक सरकारले ल्याउने तयारी गरेको जानकारी गराउनुभयो’, बैठकको निर्णयबारे जानकारी दिँदै पौडेलले भने, ‘यस्तै हामीले पनि शान्ति प्रक्रियाको काम छिटो टुङ्ग्याउन, सरकारको काम प्रभावकारी बनाउन, संविधान कार्यान्वयनसम्बन्धी कानुन ल्याउन आग्रह गर्‍यौँ । यो अधिवेशनमा हामी आफ्नै ढङ्गले र सत्ता गठबन्धनसँग मिलेर संसद्‍मा प्रतिवाद गर्नेछौँ ।’

सोमबारबाट हिउँदे अधिवेशन सुरु भएको छ । संसद्को अर्को बैठक बुधबार बिहान बस्दैछ । बैठकको तयारी सम्बन्धमा माओवादीले हिजो र आज दलको बैठक बोलाएको थियो । बैठकमा विपक्षी एमाले, रास्वपा, राप्रपा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ । 
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *