सातौं स्वयंभू रन वैशाख ८ गते हुँदै

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सातौं स्वयंभू रन २०८१ दौड प्रतियोगिता आगामि वैशाख ८ गते शनिवार हुने भएको छ । स्वयम्भु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लब तथा बैकुण्ठ मानन्धर खेलदुक नेपालले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्न लागेको हो। ‘स्वस्थ रनको लागि दौड’ भन्ने नारा दिइएको प्रतियोगिता काठमाडौंको स्वयम्भु स्थित भुईखेलमा आयोजना गरेको गर्न लागिएको क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक रमेश सुनारले जानकारी दिए । खुल्ला महिला र पुरष तर्फ ५ किलोमिटर, ४० वर्ष माथिको भेट्रान ५ किलोमिटर तथा १२ वर्ष मुनिका छात्र छात्राहरुको लागि २.५ किलोमिटर दुरीमा दौड प्रतियोगिता हुनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *