नैतिकताका आधारमा गृहमन्त्री पदमा बसिरहन मिल्दैन : शशांक कोइराला

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्। मंगलवार प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा उनले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताका आधारमा पनि सो पदमा बस्न नमिल्ने टिप्पणी गरे।

आफूमाथि लागेको आरोपको छानबिनबाट स्पष्टीकरण पाए उनी फेरि मन्त्री बन्नसक्ने नेता कोइरालाको भनाई थियो। उनले २०४६ सालपछिका सबै घोटाला काण्डको छानबिन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताए।

नेता कोइरालाले संसदमा उच्चस्तरीय छानबिन समिति बनाएर विगतमा भएका सबै घोटालाको छानबिन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए। ‘हामीले पनि त्यही भन्यौँ कि एउटा उच्चस्तरीय पार्लियामेन्टरी कमिटी बनाउनु पर्छ‚ जसले अरु कुराहरु पनि हेरिहाल्छ। त्यसमा हाम्रो कुनै आपत्ति छैन। गृहमन्त्रीबारे आरोप होइन, त्यो सत्य कुरा हो नि‚’ उनले भने, ‘उहाँमाथिको आरोपको छानबिन हुनुपर्‍यो‚ उहाँले राजीनामा गर्नुपर्‍यो। स्पष्टीकरण पाएपछि त उहाँ फेरि मन्त्री बन्न सकिहाल्नु हुन्छ। जबसम्म उहाँ आरोपित हुनुहुन्छ, उहाँलाई त्यो पदभार सम्हाल्न नैतिकताले दिँदैन।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *