सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिनेखालको भएको बताउनुभएको छ ।  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपछि सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

साझा कार्यक्रम पहिलेको भन्दा विकसित र परिमार्जित भएर ल्याइएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले यसअघिको गठबन्धनले बनाएको साझा कार्यक्रमभन्दा पनि परिमार्जित रुपमा अहिले कार्यक्रम ल्याइएको बताउनुभयो । यो कार्यक्रम राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम पनि हो उहाँले भन्नुभयो ।

प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई वैज्ञानिक, व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको रहेको प्रतिक्रिया विज्ञहरुले पनि दिएको उहाँले जानकारी गराउनुभयो । साझा कार्यक्रमलाई कार्ययोजनाका साथ कार्यान्वयन गर्न सके देशको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको साझा कार्यक्रम कार्यान्वयनमा जिम्मेवारीपूर्वक लाग्न आफू मातहतका निकायलाई  निर्देशन दिनुभयो । नयाँ प्रतिबद्धताको खाँचो रहेकाबेला अहिले साझा कार्यक्रममा साझा प्रतिबद्धतासाथ आएको उहाँले बताउनुभयो । कार्यान्वयनलाई सबैले आफ्नो जिम्मेवारी मानेर पूरा गर्नमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *