काठमाडौं । चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही र यसअघि आफूसँग गरिएका माग पूरा गर्न माग गरेका हुन । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ समेत दिए ।
प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावानुसार तुरुन्त दोषीउपर कारबाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबन्डामुक्त गर्नुपर्ने माग उनले गरेका छन् । अहिले नेपालमा राजनीतिको चरम भ्रष्टीकरण, अपराधीकरण, माफियाकरण र दलालीकरण भएको भन्दै उनले भ्रष्टाचार गर्ने नेता–कार्यकर्तालाई कारबाही गरिनुपर्नेमा जोड दिए ।
Facebook Comments Box