भट्टराईको कृति मुच्र्छना माथि विमर्श

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गीतकार संघ नेपालको आयोजनामा संघकै सभाकक्षामा एक कार्यक्रमको आयोजना गरी गीतकार तथा साहित्यकार टीका भट्टराई नेपालको ‘मुच्र्छना’ संग्रहमाथि विचार विमर्श गरिएको छ। हालै सार्वजनिक भएको गीतसङ्ग्रह ‘मुच्र्छना’ थि विमर्श गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षता एवं सम्मानित गीतकार विश्व वल्लभको प्रमुख आतिथ्यतामा उक्त विचार विमर्श कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशेष आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य चेतन सापकोटाको उपस्थित रहेको थियो । कार्यक्रममा स्रष्टाको परिचय कृष्ण सुवेदी ‘निराकर’ले गरेका थिए भने गीतसंग्रहमाथि गीतकार प्रमोद ढुंगाना र सन्तोष श्रेष्ठले विमर्श गरेका थिए । स्रष्टाको सिर्जना अब्बल भएको र विभिन्न कालखण्डमा रचिएका सिर्जनाले समयवोध गराएको बताएका थिए । माया र प्रेम, माटो र मुटु एवं प्रकृति अनुसार समयसान्दर्भिक रचना पस्किन सफल भएकोमा गीतकार भट्टराईलाई आगामी दिनमा पनि सशक्त रुपमा अगाडी बढ्ने प्रेरित गरेका थिए । गीतकार टीका भट्टराई विमर्श कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै आफ्नो लेखन समयको मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन संघका उपाध्यक्ष रमेश कोइरालाले गरेका थिए । कार्यक्रममा गीतकार गंगाराज मुकारुङ, रबिन्द्र आशिष शैली, भरत बम्जन, राम भट्टराई, नारायण कुमार आचार्य, तारा अधिकारी, गोविन्द शृङ्खला, डा. ॐ कृष्ण प्रसाईं, सङ्गीतकार अष्ट लामा, ज्योति प्रकाश, झलक संग्रौला, गणेश पराजुली, कलाकार उत्तम के. सी., ताराबीर पाण्डे लगायत गीत सङ्गीत साहित्य एवं पत्रकारहरुको उपस्तिथि थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *