त्रिमुर्ति स्कुलमा एक दिने विचार गोष्ठि सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । शिक्षा, स्वास्थ्य एवं नेतृत्व विकासका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्था च्यालेन्ज फर चेन्जले सोमबार कामाडौंको त्रिमुर्ति एकेडेमीमा एक दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नैतिक शक्तिको महत्व शीर्षकमा विद्यालयका विद्यार्थी एवं शिक्षकहरुमाझ प्रशिक्षणत्मक गोष्ठिको आयोजना गरिएको हो । कार्यक्रममा चर्चित मोटिभेटर डा.जयप्रकाश अग्रवालले अन्तर आन्तर मनलाई केन्द्रमा राखेर कामलाई महत्व दिने हो भने जुनसकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिने बताउनु भयो । उहाँले विद्यार्थीमा क्षमता मात्र भएर नपुग्ने भन्दै क्षमतासँगै नैतिक चेताना, मुल्य मान्यता नहुने हुनाले आध्यात्मिक क्षमताको विकास गराउन जोड दिनुभयो ।

यसैगरी वक्ता उत्तम गिरीले विद्यार्थीहरुमा शिक्षाका साथै स्वयं सेवाको भावना जाग्रित गराउन जोड दिनुभयो । असल शिक्षा, नैतिकता र सेवाको भावना विद्यार्थीमा भएमात्र भोलीको गाउ,समाज र समग्र राष्ट्रमा परिवर्तन ल्याउन सकिने भएकाले विद्यार्थीमा नैतिक मुल्य र मान्यता सहितको क्षमता विकास गराउनु पर्ने धारणा राख्नुभयो । यसैगरी च्यालेन्ज फर चेन्जका अध्यक्ष रामहरि गिरीले विद्यार्थी जीवनमा समय र शिक्षाको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सिताराम भट्टराईले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सोही विद्यालयका संयोजक हिमालयन विक्रम देउवाले गरेका थिए । कार्यक्रममा करिव सयजना विद्यार्थीहरुले र शिक्षक शिक्षिकाहरुले सहभागीता जनाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *