मेला, महोत्सवमा व्यस्त थापा र काफ्ले

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पछिल्ल्लो समय मेला, महोत्सवमा अत्याधिक खोजि हुने कलाकारहरुमा गायक नारायण थापा र मोडल प्रतिक्षा काफ्ले पनि पर्छन् । २०८१ जेष्ठ २४ देखि असार २ गतेसम्म चल्ने प्रथम बृहत मण्डनदेउपुर नगरपालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवमा लोकप्रिय गायक नारायण थापाले तिमिलाई नै सँधै लगायत आफ्ना चर्चित गीतहरु पस्केर सबैलाई मनोरञ्जन दिलाउन सफल भएका थिए भने चर्चित मोडल प्रतिक्षा काफ्लेले बिमल राज क्षेत्री र अञ्जु पन्तको बुट्टे रुमालैमा छ मन्द मन्द बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन । मोडल प्रतिक्षा काफ्लेले आफ्नो धमकेदार नृत्यकलाले उपस्थित दर्शकलाई मोहित पारेकी थिइन् । हिगुवापाटी, काभ्रेपलाञ्चोक स्थित जेष्ठ २२ गतेको कार्यक्रममा गायक थापा र मोडल काफ्लेको साथमा जितु लोप्चन, भगवान खत्री, रास्कोटी मगर, द वान स्टार डान्स ग्रुप ‘बुटवल’को प्रस्तुति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *