आरोह फर्टिलाईजर्स प्र.लिले जैविक मल बजारमा ल्याउने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आरोह फर्टिलाईजर्स प्रा.लिले बायो अर्गानिक (जैविक) मल उद्योग स्थापना गरी जैविक मल नेपाली कृषक माझ ल्याउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत् कृषि तथा पशुपन्छी मन्त्रालय तथा उद्योग मन्त्रालयको स्वीकृति प्राप्त भए अनुसार उद्योग नै स्थापना गरेको र जैविक मल उत्पादन शुरुभएको कम्पनी प्रमुख शैलेन्द्र शम्शेर राणाले जानकारी दिनुभयो । उद्योगमा तरल मलमा आरोह यजो फाइबर प्लस, आज्टो नोड केयर, बायो पोटास, बायो एन.पी.के, बायो पी.एस.बि र जेडएन बुस्ट मलहरु उत्पादन गरेको छ । यस्तै दानेदार र पाउडरमा मलहरुमा आरोह बायो अर्गनिक फर्टिलाइजर, बायो पी आर.ओ एम, बायो पोटास र बायो कम्पोस्ट मलहरु छन् । यस्तै किटनाशक औषधिमा बायोभीरिया र ट्रिको केयर नाममा मलहरु उत्पादन गरेको कार्यक्रममा जानकारी दिइयो । उत्पादन भएका जैविक मलहरु आधुनिक प्रविधिबाट नेपालको माटो सुहाउँदो र हावापानी सुहाउँदो अर्गानिक भएको दाबी कम्पनीले गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *