त्रि.विमा वृक्षारोपण कार्यक्रम सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ६५ औं वार्षिक दिवसको अवसर पारेर त्रि.वि केन्द्रीय परिषरमा शुक्रबार बृक्षारोपण गरिएको छ । त्रि.वि निवृत्त शिक्षक तथा कर्मचारी संघले विभिन्न बोटविरुवा रोपण सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि त्रि.वि का रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजाल, विशिष्ठ अतिथि प्रा.डा ध्यानेन्द्र बहादुर राई, अतिथिहरु निवृत्त कर्मचारी संघका संस्थापक महासचिव केदार के.सी, कर्मचारी संघका  अध्यक्ष छत्र कार्की, संघका राम विक्रम अधिकारी, परशुराम पन्त, पुण्य आचार्य, महासचिव शशी थापा, सचिव श्रीकृष्ण भारती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निवृत्त शिक्षक कर्मचारी संघका कार्यवाहक अध्यक्ष प्रा.डा राजकुमार पोखरेलको सभापतित्वका सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *