२४ घण्टामा पहिरोले १५ जनाको मृत्यु, टिकट काटेरमात्रै यात्रा गर्न सरकारको आग्रह

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ ।शुक्रबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरूसँग छलफल भएको हो ।

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी दुई जना, चितवनमा एकजना गरी कुल १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौंका लागि छुटेका दुईवटा रात्री बस पहिरोले बगाएको र खोजीकार्य जारी रहेको जानकारी दिए । उनले बसमा कति यात्रु थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए ।

उनले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । उनले सुरक्षा बलले पनि बसहरूको विभिन्न ठाउँमा चेकजाँच गर्न पनि आग्रह गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *