निष्पक्ष राजसंस्थाको नेतृत्व नै हामीले खोजेको हौ : केशव रेग्मी

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
केशव रेग्मी   केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

केशव रेग्मी नेपाली राजनीतिमा चिरपरिचित नाम हो । २०३६ सालदेखी नेपाली कांग्रेसबाट उहाँले राजनीतिक यात्रा आरम्भ गर्नु भएको थियो । पढाइ र राजनीतिलाई सँसँगै लैजानु भएका रेग्मी बेलायत सरकारको छात्रवृत्ति अन्र्तगत पढ्न बेलायत जानु भयो । त्यहाँबाट फर्केर आएर इन्जिनियरिङ् क्याम्पसमा ८ वर्ष अध्यापन गर्नु भयो । यस क्रममा रेग्मी बेल्जियम, नेदरल्याण्ड र लञ्जम्वर्ग महावाणिज्यदुतमा १२ वर्ष कार्य गर्नु भयो । विचमा जिविकोपार्जनका लागि विभिन्न राष्ट्रिय एवं अन्र्तराष्ट्रिय संघसंस्थामा परामर्शदाताको रुपमा कार्य गर्नु भयो । त्यसपछि उहाँ पूनः राजनीतिमा सक्रिय रहनु भयो । यस क्रममा २०६१–६२ देखि राष्ट्रिय जनएकता पार्टीमा लागेर राजनीतिलाई निरन्तरता दिनु भयो । उहाँ सो पार्टीमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यस समयमा उहाँले देशमा शान्ति स्थापनाका लागी अग्रणी भूमिका निर्वाह गर्नु भएको थियो । राजनीतिक आरोह अवरोहका क्रममा २०६६ सालमा रेग्मी राप्रपा नेपाल प्रवेश गर्नु भयो । उहाँ त्यति बेला राप्रपा नेपालको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । काठमाण्डौ क्षेत्र नं ५ धुम्बाराहीका स्थानीय वासिन्दा केशव रेग्मी राप्रपाको गत केन्द्रीय महाधिवेशनदेखि निर्वाचित केन्द्रीय सदस्य रहनु भएको छ । स्पष्टवक्ता मिलनसार र निडर स्वभावका राप्रपाका केन्द्रीय सदस्य रेग्मीसँग मुलुकको समसामयिक अवस्था बारे गरिएको कुराकानी ः

मुलुकको वर्तमान परिस्थितिलाई कसरी नियाल्नु भएको छ ?
साँच्चै भन्नुपर्दा देशको राजनीतिक अवस्था अन्यौलग्रस्त छ । यसको मूलकारण हाम्रो राष्ट्रिय राजनीतिमा विदेशीको चरम हस्तक्षेप नै हो । यो अवस्था जन्मनुको प्रमुख कारण माओवादीबाट उत्पन्न भएको द्वोन्द नै हो । माओवादीका कारण उत्पन्न द्वोन्दले नै विदेशीहरुले नेपालमा खेल्ने ठाउँ पाएका हुन । विभिन्न जातजाती, वर्गका बीचमा टुटफुट गर्ने अवसर पाएँ । त्यतिमात्र नभइ माओवादी द्वोन्दलाई आर्थिक, भौतिक र संरक्षणसमेत दिइ राष्ट्रिय राजनीतिमा नै ठूलो हस्तक्षेप गरी आफ्नो प्रभुत्व जमाउने अवसर पाएँ । त्यस बेलादेखि यो मुलुक आजसम्म पूर्ण रुपमा विदेशीको अघोषित अधिनमा गयो । यो अवस्थाबाट मुक्त हुन राज्यले धेरै वर्ष मेहनत गर्नुपर्ने छ ।

देशव्यापी रुपमा फैलिरहेको भ्रष्टाचारलाई कसरी हेर्नु भएको छ ?
यसै मेसोमा भन्नुपर्दा भ्रष्टाचार आजमात्र जन्मेको होइन, भ्रष्टाचार पुराना शासनहरुमा पनि थिए तर त्यतिखेर भ्रष्टाचार नगन्य रुपमा थिए । बहुदलको स्थापना पश्चात जब दलदलबीच प्रतिस्पर्धा गर्ने चलन आयो, त्यसपछि मात्र भ्रष्टाचारले यो देशमा चरम रुप लिन थालेको हो । झन् २०६२/६३ पछि भ्रष्टाचार अमुर्त रुपमा झनझन फस्टाउदै गयो । भ्रष्टाचारमा ठूला नेताहरु नै संरक्षकको भूमिका खेल्न थालेका छन् । हाल भ्रष्टाचारको नेतृत्व नै ठूला दलका नेताहरुले गरिरहेको देखिन्छ, बुझिन्छ । यो चरम अवस्थामा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनले ‘एक रुपिया घुस खानु भनेको आमाको रगत खानु सरह हो ।’ भन्ने नारा लिई भ्रष्टाचार उन्मुलनमा अग्रणी नेतृत्व र भूमिका लिइ राष्ट्रिय राजनीतिमा आफुलाई स्थापित गर्नु भएको छ । आजको अवस्थामा स्वच्छ छवि भएको एकल पार्टी राप्रपा हो भन्ने जनमानसमा स्थापित भइसकेको छ ।

अख्तियारको सक्रियतालाई चाहि कसरी हेर्नु भएको छ ?
जबसम्म अख्यितारका आयुक्तहरु सरकारी नियुक्त गरिन्छ, तबसम्म भ्रष्टाचार उन्मुलन गर्न कठिन देखिन्छ । किनभने उहाँहरुको पहिलो दायित्व उहाँहरुलाई नियुक्ति दिने व्यक्ति तथा संगठनकै संरक्षण गर्नुपर्ने अवस्था आउने हुँदा निष्पक्ष भएर काम गर्ने वतावरण नै हुँदैन । त्यसैले अख्तियारको प्रमुख आयुक्त लगायतका नियुक्ति खुला प्रतिस्पर्धाबाट स्वतन्त्र व्यक्तिहरु आउनुपर्छ ।

यस वर्षको बजेट यहाँलाई कस्तो लाग्यो ?
छोटकरीमा भन्नुपर्दा यसवर्षको बजेट अघिल्लो वर्षको दाजोमा निकै विवादास्पद रह्यो । यो हुनाको मुख्य कारण प्रदेश संरचना पनि हो । त्यसैले जबसम्म प्रदेश संरचनालाई हटाइदैन अथवा विस्थापित गरिदैन । तबसम्म यो विवाद रहि नै रहन्छ । यस पटक मधेश प्रदेश मुख्य विवादमा प¥यो भने आइन्दा वर्षहरुमा यो विवाद अन्य प्रदेशहरुमा पनि फैलिदै जने अवस्था नआउला भन्न सकिदैन । त्यसैले मूल उपाय भनेको स्थानीय सरकारलाई बलियो बनाई प्रदेशलाई नै खारेज गर्नुपर्छ । तबमात्र बजेट राम्रो र सन्तुलित बन्ने स्थिति आउछ ।

देशव्यापी रुपमा भएको महँगीबारे के भन्नुहुन्छ ?
यो महँगी भनेको विश्वमै बढ्दै जाने प्रवृत्ति हो । यसलाई नियन्त्रण गर्न अति कठिन छ । यसको वदला राज्यले जनताको आर्थिक आय वृध्दि गर्ने उपायहरु खोज्दै जानु राज्यको दायित्व नै हो । आजको हाम्रो देशको अवस्थामा देशको ४० प्रतिशत युवाहरु मध्ये २५–३० प्रतिशत वैदेशिक रोजगारी र अध्ययनको शिलशिला विदेश पलायन भइसकेको अवस्था छ । देशको आर्थिक वृध्दि विकास गर्नका लागी युवाहरुको अग्रणी भूमिका हुन्छ । त्यसैले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै अन्र्तराष्ट्रिय संघसंगठनबाट ऋण लिएरै भएपनि उद्योगधन्दा स्थापना गरि यिनीहरुलाई रोजगारीको अवसर दिलाउनु पर्दछ । खेतीपातीमा लगाउनुपर्छ । हाम्रो जस्तो भौगोलिक जटिलता भएको मुलुकमा अन्य धेरै ठूला खालका उद्योगहरु स्थापित गर्ने अवस्था नरहेतापनि यहाँ भएका र देशले गर्न सक्ने पर्यटन, जलविद्युत र कृषिलाई प्राथमिकता दिइ यि यि क्षेत्रमा लगानी गर्न सकेमा जनताको क्रय शक्ति बढी महँगीलाई सन्तुलित गर्न मद्धत मिल्ने छ ।

राप्रपा यति बेला के गरिरहेको छ ?
राप्रपाले यतिखेर आफ्नो मूल विषय संलग्न गरी ४० बुँदे मागपत्र सरकारलाई बुझाएको छौ । ती मागहरु मध्येबाट पनि मूल एजेण्डाहरु कसरी सफल पार्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरु लाई अगाडी बढाइरहेका छौ । हाम्रा ती एजेण्डामा संवैधानिक राजसंस्था र हिन्दु राज्यको पूनरवहाली, संघीयताको खारेजी र भ्रष्टाचार उन्मूलक नै हुन् । यि एजेण्डा पूरा गर्न नै राप्रपा आन्दोलन कै क्रममा छ । यि माग पूरा गर्न सकेमा देशमा स्वत ः रुपमा आन्तरिक द्वोन्द, गरिबी उन्मुलन, भ्रष्टाचार निवारण, जातजातीमा मिलाप हुनेछ भन्ने हामीले विश्वास लिएका छौ ।

नेपालमा अब राजसंस्था पूनरवहाली होला त ?
नेपालमा राजसंस्था पूनरवहाली हुन असंभव होइन किनभने विश्वमा कतीपय यस्ता मुलुक पनि छन्, जहाँ आजसम्म आर्थिक र राजनीतिक सफलता प्राप्त गर्न सफल भइरहेको देखिन्छ । आज विश्वका करिब २० भन्दा बढी विकसित मुलुकमा संवैधानिक राजसंस्थाका कारण ती देशले विकास र समृध्दिमा अग्ररुपले अगाडी बढिरहेको उदाहरण छन् । त्यसैले हाम्रो जस्तो राजनीतिक एवं भौगोलिक अवस्थाको देशमा राजसंस्थाको झन बढी आवश्यकता देखिन्छ । जुन हामीले २०४७ सालदेखी भोगि आइरहेका छौ । हाम्रो मुलुकका दलहरुले आफ्नो देशको इतिहासलाई बेवस्ता गरी विदेशीहरुको प्रभावमा परि राजनीति गरिरहेका छन् । यो एउटा दुर्भाग्यको विषय हो । देशमा राजासहितको प्रजातन्त्र स्थापना हुनु अति जरुरी छ । तर प्रजातन्त्रको नाममा दल तथा दलका नेताहरु विदेशीको प्रभाव अथवा इशारामा हाम्रो जस्तो सानो देशमा राजनीति गर्नु उचित होइन । हाम्रो छिमेकीहरुमा एकातिर भारत जस्तो विशाल प्रजातान्त्रिक मुलुक छ भने अर्कोतिर त्यस्तै विशाल कम्युनिष्ट मुलुक चिन छ । त्यसैले हामीले दुवै पक्षलाई नचिढिने गरी सन्तुलित राजनीति गर्नु हाम्रो बुध्दिमानी हुनेछ ।

देशको लागि कस्तो नेतृत्व आवश्यक छ ?
देशको राज्य संचालनको लागि बहुदलीय प्रतिस्पर्धाबाट जननिर्वाचित नेतृत्व नै आवश्यक हुन्छ । तापनि हामीसँग जोडिएका दुई छिमेकी मुलुकहरु, दुई राजनीतिक दर्शन भएका मुलुक भएकाले यि दुई दर्शनहरुलाई सन्तुलनका लागि राजसंस्थाको विशेष भूमिका हुने हुँदा राजसंस्थाको अभिभावकको रुपमा नेतृत्व त्यति नै महत्वपूर्ण हुन्छ । जुन आजको परिस्थितिमा राजसंस्थाको माग पनि त्यति नै बढ्दै गएको हो । २०७२ सालको संविधानले जन्माएको प्रदेश अवधारणाले राष्ट्रलाई अग्रगामी भूमिकामा भन्दा पश्चगामी भूमिका तर्फ नै धकेलेको अवस्था छ । त्यसैले दलहरुबाट भागबण्डाबाट नियुक्त भइ आउने राष्ट्रपति भन्दा जनताको चाहाना अनुसार कुनै दलमा आवद्ध नभएको निष्पक्ष राजसंस्थाकै नेतृत्व हामीले खोजेका छौँ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?
हाम्रो देश एउटा अवसरै अवसरले भरिपूर्ण मुलुक हो । यहाँ अनगिन्ति विकासका अवसर तथा संभावनाहरु छन् । साँच्चै नै भन्ने हो भने वि.सं २०१८ साल देखि करिब ४७ सालसम्म देशले आफ्नो विकासको बाटो केरिसकेको थियो । तर २०४६÷४७ को आन्दोलन पछिको राजनीतिक परिवर्तन पश्चात उक्त क्रम भंग भयो । त्यसपछि क्रमश ः देशमा स्थापित ठूलठूला कलकारखाना उद्योगहरुलाई निजिकरण गर्दै लगियो । र अन्तमा प्राय सबै कलकारखानाहरु नेपालबाटै विस्थापित नै भए । ठूलठूला भ्रष्टाचारको सुरुवात पनि यसै विन्दुबाट भयो । जसले गर्दा काम स्वदेशमै रोजगारी गरेर परिवार पालिरहेको युवाहरु बेरोजगार भई खाडी मुलुकतिर रोजगारीका लागि बाहिरिन बाध्य भए । यो क्रम बढेर आज यो देशको अधिकांश युवाहरु कुनै न कुनै वहानामा अब केही वर्षभित्रै युवालगायत उनीहरुका परिवारका सदस्यहरुसमेत विदेशै जान बाध्य भई हाम्रो देशको डाँडा काँडामा रहेका बस्ती खाली हुने अवस्था आउन धेरै समय नलाग्न सक्छ । त्यसैले मैले माथि भने जस्तै अब राज्यले विकासको लागि ऋणै काढेर भएपनि नयाँ नयाँ ठूलठूला विकास योजनाहरु स्थापना गर्न अत्यन्त जरुरी देखिन्छ ।
राजनीति भनेको कुनै पनि देशको जनसंख्यालाई व्यवस्थित गर्ने एउटा नीति हो तर जब जनताहरुको पेट खाली रहन्छ, त्यो बेला राजनीति मात्र भनेर के गर्ने ? त्यसैले त्यस राज्य संचालन जो सुकै वर्ग वा व्यक्तिबाट भएतापनि जनताको न्यूतम आवश्यकता पु¥याउन सक्दैन भने त्यो देशमा शान्ति, विकास र राजनीतिक स्थीरतको कल्पना गर्न सकिदैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *