काठमाडौं । निर्माता रामप्रसाद रिजाल चलचित्र निर्माता संघको कार्यसमिती सदस्यमा मनोनीत भएका छन । `वान डे´,`कसम´,`धुवाँ´,`कायरा,र `डिसेम्बर फल्स´ निर्माण गरिसकेका उनलाई चलचित्र निर्माता संघले बिज्ञप्ती जारी गरि सदस्य पदमा मनोनीत गरिएको जनाएको हो ।
निर्माता रिजालले फिल्म क्षेत्रको विकास र निर्माताको हकहितको पक्षमा काम गर्ने प्रतिवद्द्ता जनाएका छ्न । संघले पनि युवा निर्माता रामप्रसादबाट सकारात्मक पहलकदमीको अपेक्षा राखेको छ । रिजाल अब `काजी´ नामक फिल्म बनाउने तयारीमा छ्न ।
Facebook Comments Box