राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप विरुद्ध बलात्कारको आरोप

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ। लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।

लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ। लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए। सोही राती आफूमाथि लामिछानेले पटक पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ।

काठमाडौं ९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार गरेको उनले दाबी गरेकी छन्। जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ।

घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ। भदौ ६ गते लामिछाने टी(२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी २० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *