‘सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानबिन हाे’

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको बताएका छन् ।

शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराध जस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको र यो अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको बताएका हुन् ।

उनले अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण र छानबिनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने आश्वासन दिए । अनुसन्धानको प्रक्रियामा जोसुकै आए पनि अगाडि बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आए पनि अनुसन्धान अघि बढाइने उनकाे भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण दोषी कोहीलाई पनि नछाड्ने र निर्दोष कोही पनि नपारुन् भन्नेमा सचेत रहेको उल्लेख गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *