हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच झडप, कर्फ्यु जारी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

जनकपुरधाम – महोत्तरीमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि भंगाहा नगरपालिकाको पररियामा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको छ।

बिहीबार हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए।

हिन्दु सेना सम्राटले मार्च पास निकालेकोमा भंगहा नगरपालिका–८ पररियामा दुवै समुदायबीच झडप भएको थियो। दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। अवस्था तनावग्रस्त भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *