नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघले,केही दिन अघि नेपाल सरकारको नव नियुक्त हुनु भएका उप-प्रधान सहित तीन मन्त्रीहरुलाई बधाइ,स्वागत तथा शुभकामना कार्यक्रमको शुक्रवार आयोजना गरि सम्पन्न गरेको छ । महासंघले उप प्रधानमन्त्री तथा शहरी बिकाश मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी,र बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जनलाई नेपाल कराते महासंघका महासचिव तथा नेपाल सितोरियो कराते संघ का अध्यक्ष कार्यक्रमका सभापति दावा गुरुङ्गले खादा,माला,दोसल्ला ओढाई बधाई सहित सफल कार्यकालको
शुभकामना व्यक्त गर्नुभयो ।
उक्त बधाई तथा शुभकामना कार्यक्रममा १९ औ एसियाली खेलकुद प्रतियोगितामा रजत पदक विजेता एरिका गुरुङ लाइ पनि महासंघले सम्मान गरयो । सम्मान कै क्रममा एरिकालाई राईट पाथ का सिईओ राजेश श्रेष्ठले नगद रु.एक लाख सहित सम्मान गरेका थिए । त्यसैगरि भर्खर नियुक्त भएका नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक दिपक श्रेष्ठलाई पनि महासंघले बधाई सहित शुभकामना प्रदान गर्यो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग,नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघका पदाधिकारी,प्रशिक्षक,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु,रेफ्रीहरु लगायत खेलकर्मीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
Facebook Comments Box