लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं १६ असोज । ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक भएको छ । मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच दबाएर सार्बजनिक गरेका थिए । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा पेन ड्राइभ मार्फत समेत पुराइने कुरा कार्यक्रमका सञ्चालक यासेली योङहाङले जानकारी गराए ।
निर्माता टेक लावतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बू समुदायका लभ्द प्रतिष्ठित ब्यक्तिहरुको बाक्लो उपस्थिती थियो । प्रायः उपस्थित सबैले यस्ता भिडियोहरु लगातार बनिरहनु पर्ने र यस्ता भिडियोहरुले हाम्रो समुदायलाई मनोरञ्जनमात्र नभई उच्च ज्ञान समेत दिने कुरा राख्नु भएको थियो ।
प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा तानाम तान्छो लावती र दिपा सुहाङको आवाज रहेको ‘मिघम्ब’मा सङ्गित संयोजन टेकेन्द्र याक्सोले गरेका हुन । तानाम तान्छो लावती, प्रेम हाङ्सेम लावती, निशा निङ्दम आदिको अभिनय हेर्न सकिने उक्त भिडियो दिनेश माङ्मुले निर्देशन गरेका हुन भने यसमा पदम लावती र टेक लावति निर्माता रहेका छन् ।
पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानि गाउँ लगायत अत्यन्तै ऐतिहासिक र रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो तानाम तान्छो अफिसियल युट्युब च्यानबाट बिश्वव्यापिकरण गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *