“सितोरियो कराते संघको महत्वपुर्ण निर्णय सहित साधारण सभा सम्पन्न”

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नेपाल सितोरियो कराते संघले आफ्नो प्रथम बार्षिक साधारण सभा केही महत्वपुर्ण निर्णय र योजना पारित गर्दै सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।यही मंशिर २८ गते शुक्रवार देखि मधेस प्रदेश स्थित निजगढ,बाराको होटल तारा ईनमा सन्चालन भएको कार्यक्रमको श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारीले शनिवार एक बिशेष कार्यक्रम विच उदघाटन गर्नुभयो ।
उक्त साधारण सभामा मधेस प्रदेश सांसद माननिय मीना लामा,नेपाल कराते महासंघका अध्यक्ष एवम सितोरियो कराते संघका संरक्षक युवराज लामा,राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभित राज प्रसाई,कराते स्वयम सेवक प्रशिक्षकका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ,
संघका उपाध्यक्ष मजिन्द्र सिंह,सचिवहरु प्रेमलाल वमजन,चित्र राना,कोषाध्यक्ष कृष्ण गौतम,केन्द्रिय सदस्यहरु,सात प्रदेश तथा जिल्ला प्रमुखहरु,प्रतिनिधि तथा पर्यवेक्षक गरि करिव एकसय जनाको उपस्थिति रहेको थियो ।
प्रथम साधारण सभा उदघाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारीले निर्वाचन भएको एक वर्षको अवधिमा सितोरियो कराते खेलले हाशिल गरेको उपलव्धि खेलक्षेत्रका निम्ति उदाहरणिय भएको वताउनुभयो ।
सम्वोधनकै क्रममा प्रमुख अतिथि मन्त्री भण्डारीले आफु स्वयम विगत लामो समय देखि कराते खेलमा आवद्ध भएकोले,सितोरियो करातेलाई बिकाश विस्तार गर्ने सन्दर्भमा आफुले निर्वाह गरेको विगतको भुमिका र आगामी दिनमा गर्नुपर्ने सहयोगको लागि कुनै कन्जुस्याई नगर्ने वताउनुभयो ।
साधारण सभाले आगामी सन २०२७ मा ,१७ओै एशिया प्यासफिक सितोरियो कराते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । सभाले प्रत्येक प्रदेशको प्रमुख,केन्द्रमा पदेन सदस्य रहने ,ग्रेडिङ्गमा जिल्ला,प्रदेश र केन्द्रको मातहतमा गर्ने/गराउने समेत निर्णय गरयो ।
त्यसैगरि सितोरियो करातेमा रहेर,अन्य विभिन्न करातेलाई विभिन्न समयमा सहयोग गरेको प्रमाण सहित झापा जिल्लाका पदाधिकारी र प्रतिनिधिद्धारा पेश गरेकोले,ति व्यक्तीहरु,मदन कुमार उप्रेती र संघका सदस्य मिलन राज प्रसाईलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही सहित विदा गरेको छ । त्यसैगरि प्रशिक्षक मिना देवी पाठकलाई १ वर्ष सम्म कुनैपनि सितोरियो करातेको प्रतियोगितामा सहभागी नगराउने निर्णय सहित निलम्वन गरेको छ ।
नेपाल सितोरियो कराते संघ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभावाट संशोधन सहित अनुमोदन गरे ।
त्यसैगरि संघको आर्थिक बर्ष ०८०/०८१ को आय-ब्यय सहित बार्षिक कार्यक्रममा भएको आर्थिक बिवरणहरु कोषाध्यक्ष कृष्ण प्रसाद गौतमले प्रस्तुत गरेकाथिए ।
संघका अध्यक्ष एवम कार्यक्रम सभापति दावा गुरुङ्गले भावी योजना,तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको वताउनुभयो ।
नेपाल कराते महासंघका अध्यक्ष समेत रहेका संरक्षक युवराज लामाले स्वागत मन्तव्य मार्फत सवैलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।विगत देखि वर्तमान सम्मको सितोरियो करातेको विकाश र विस्तारको वारेमा क-कसले कस्तो भुमिका निर्वाह गरेको कुरा सवैलाई छर्लङग भएको प्रष्ट्याउनु भयो । भावी दिनको कार्ययोजना सहित सम्पन्न भएको साधारण सभा कार्यक्रमको,सन्चालन नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ले गरेका थिए ।साधारण सभा २ दिनसम्म निरन्तर सन्चालन भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *