प्रधानमन्त्री कप : गण्डकी प्रदेशमाथि आर्मीको सहज जित

खेलकुद मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।

गण्डकी प्रदेशले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ बलमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि त्रितराज दासले सर्वाधिक ३७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी पदेशले ३०.३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोडेको थियो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *