रवि लामिछाने थप ४ दिन हिरासतमा नै रहने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

कास्की- पूर्व उपप्रधान तथा गृहमन्त्री रविलामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाई थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको थियो ।

डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *