आर्थिक लेनदेनका कारण अपराधका घट्ना बढ्यो :प्रहरी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाल प्रहरीले आर्थिक अपराधको कारणले अन्य अपराधका घटनामा वृद्धि भएको जनाएको छ । बुधबार आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा भएका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै नेपाल प्रहरीले प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रुपमा रहेको र आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको जनाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको बताए । उनले चालू आर्थिक बर्षको पछिल्लो चार महिनामा देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएको र धेरैको संख्यामा आर्थिक अपराधका मुद्दाहरू रहेको बताए ।

त्यस्तै बलात्कारका कसुरका मुद्दाहरुको संख्या पनि धेरै नै रहेको अधिकारीले जानकारी दिए । सोही अवधिमा १२ वटा रेड कर्नर नोटिस जारी भएको उनले बताए । प्रवक्ता अधिकारीले प्रहरी कर्मचारीहरु विरूद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *