श्रीकृष्ण भारतीको कविता नेता किन मान्नी ! ?

कला/साहित्य
खवर पाटी (खोज खबरको अभियान)
नेता किन मान्नी ! ?
श्रीकृष्ण भारती

 

न आफु जान्नी, न अरूले भन्या मान्नी
नगर भनेको गरेरै छाड्नी, गर्नै पर्नी काम कुरो ज्यानजाला नगर्नी !
अनी हाम्ले तिम्लाई किन नेता मान्नी ! ?
[ १ ]
स्व धर्म छाड्नी, पर धर्म मान्नी
सत्कर्म छाड्नी, दुष्कर्म गर्नी
पोखरी पुर्नी, चौतारो मास्नी
एउटाले नपुग्नी, दुई चारवटै राख्नी
न आफु जान्नी, न अरूले भन्या मान्नी
नगर भनेको गरेरै छाड्नी,गर्नै पर्नी काम कुरो ज्यानजाला नगर्नी! अनि हाम्ले तिम्लाई किन नेता मान्नी ! ?
[ २ ]
बाटो बाटोमा, तगारो तेर्स्याउनी
नुन, सुन र चामलको, भेद नजान्नी
जनताको टाउकोमा, करको बोझ थोपर्नी
जो छ पिडित, उसैको थाप्लोमा लौरो बजार्नी
न आफु जान्नी,न अरूले भन्या मान्नी
नगर भनेको गरेरै छाड्नी,गर्नै पर्नी काम कुरो ज्यानजाला नगर्नी!अनि हाम्ले तिम्लाई किन नेता मान्नी ! ??
[ ३ ]
हेर्दा खेरी ,सब भन्दा राम्रो लाग्ने
बोल्दाखेरी, सबै भन्दा जान्ने लाग्नी
न देवता मान्ने, न त पित्री नै मान्ने
मौका पायोकी, मन्दिर मा ढुङ्गा हान्ने
न आफु जान्नी, न अरूले भन्या मान्नी
नगर भनेको गरेरै छाड्नी,गर्नै पर्नी काम कुरो ज्यानजाला नगर्नी ! अनि हाम्ले तिम्लाई किन नेता मान्नी!??
[ ४]
दलाल पोष्ने, भष्ट्राचारी पुरस्कृत गर्ने
सार्वजनिक जग्गा मास्ने,किनाराका सांक्षि वस्ने
डोजर दिने तेल दिने, ढुङ्गा बेच्ने माटो बेच्ने
अरू क्वै नपायर , दलालकै दले भोज घिच्ने!??
न आफु जान्नी न अरूले भन्या मान्नी !
नगर न भनेको गरेरै छाड्नी,गर्नै पर्नी काम कुरो ज्यानजाला नगर्नी! अनि हाम्ले तिम्लाई किन नेता मान्नी!??
[ ५ ]
वरिपरि आफ्नै आफ्ना चाहिनी
राम्रा राम्रा लाई, पाखा भित्ता लाउनी
खादा मालामा, असाध्यै रमाउनी
सात पुस्ता लाई, पुग्ने गरी कमाउनी
न आफु जान्नी ,न अरूले भन्या मान्नी,नगर भनेको गरेरै छाड्नी, गर्नै पर्नी काम कुरो ज्यानजाला नगर्नी! अनि हाम्ले तिम्लाई किन नेता मान्नी !???
[ ६ ]
चुनाव आयोकि ,घर घर धाउनि
जनताको भोटको कदरै क्यै नगर्नी
जे मन्मा आयो त्यै मात्रै गर्नी
भन्न लाई सधैं जनता जनता भन्नी
न आफु जान्नी न अरूले भन्या मान्नी नगर भनेको गरेरै छाड्नी,गर्नै पर्नी काम कुरो ज्यानजाला नगर्नी!अनि हाम्ले तिम्लाई किन नेता मान्नी!!!???
[ ७ ]

श्रीकृष्ण भारती
चन्द्रागिरी नगरपालिका वडा न. १ दहचोक
स्व निवास। २०८१ पौष १२ शुक्रवार।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *