नेपालमा बाँसको व्यवसायिक महत्व र आवश्यकता

विचार
खवर पाटी (खोज खबरको अभियान)
रामहरि गिरी

बाँसलाई संसारभरि हरियो सुन भनेर चिनिन्छ, जसले आफ्नो बहुउपयोगिता, दिगोपन, र आर्थिक सम्भावनाका कारण विश्व बजारमा महत्वपूर्ण स्थान ओगटेको ओगटिरहेको छ । विशेष गरी एशियामा बाँसको यसको खेती र उपयोग हजारौँ वर्षदेखि हुँदै आएको छ । चीन, भारत, र दक्षिणपूर्वी एशियाका मुलुकहरूमा बाँसको निर्माण सामग्री, खाद्य पदार्थ, औषधि र विभिन्न घरेलु सामानको रूपमा व्यापक प्रयोग हुँदै आएको पाइन्छ । समयक्रममा, यसको उपयोग अन्य महाद्वीपहरू जस्तै अफ्रिका र अमेरिकासम्म फैलिएको छ । बाँस विभिन्न जलवायुमा सहजै अनुकूल हुने भएकाले यसको प्रयोग द्रुत गतिमा विश्वभरि विस्तार भएको हुनसक्छ । आज विश्वका थुप्रै देशहरुमा अर्थतन्त्र विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । बाँस निर्माण, फर्निचर, कागज उत्पादन, कपडा, र जैविक ऊर्जा (बायोएनेर्जी) जस्ता उद्योगहरूमा प्रयोग गरिन्छ । हिजोआज बाँसको माग बढ्दै जाँदा विश्व बजारमा यसको मूल्य पनि क्रमशः बढिरहेको छ । बाँस पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण वनस्पति हो । बाँस अन्य विरुवाभन्दा छिटो बढ्ने र धेरै मात्रामा कार्बन डाइअक्साइड सोषण गर्ने तथा वनजङ्गल फँडानी रोक्न समेत ज्यादै सहयोगी वनस्पति हो । यसको पर्यावरणीय फाइदाका कारण वातावरणमैत्री उत्पादनहरूका लागि यो प्राथमिक स्रोत बनिरहेको बन्दै गइरहेको अवस्था छ । सामान्य नाजगरिकले पनि जीवनोपयोगी बनाएकाले बाँसलाई गरिबको काठ पनि भन्ने गरिन्छ । तर अहिले यसले विलासिता प्रदान गर्ने उत्पादनहरूको लागि पनि आफ्नो पहिचान बनाएको बनाउँदै लगेको छ । यसलाई भुइँको फर्श, फर्निचर, कपडा, र जैविक रूपमा नष्ट हुने (बायोडिग्रेडेबल) सामानहरू बनाउन प्रयोग गरिन्छ । सांस्कृतिक रुपमा पनि धेरै एशियाली संस्कृतिमा बाँस लचिलोपन, बलियोपन, र सहनशीलताको प्रतीक मानिएकाले संस्कृतिको एउटा अभिन्न अंग बाँसलाई लिइन्छ । हस्तकला र परम्परागत उत्पादनहरूको बजारमा यसको प्रयोग र माग समेत बढीरहेको छ । प्राचीन परम्परामा आधारित यसको उपयोग र उद्योगमा यसको दिगो भूमिका दुवै कारणले बाँसले हरियाली र वातावरणमैत्री भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । नेपालमा बाँसको ठुलो सांस्कृतिक, आर्थिक, र पर्यावरणीय महत्व छ । बाँस एक अत्यन्त उपयोगी र चाँडो बढ्ने वनस्पति हो, जसले ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रमा विभिन्न प्रयोजनमा प्रयोग हुने गर्दछ । बाँस एक बहुउद्देश्यीय प्राकृतिक स्रोत हो जसले नेपालको अर्थतन्त्र, संस्कृति र पर्यावरणमा ठूलो योगदान पु¥र्याउँदै आएको छ ।

नेपालमा बाँसको धेरै प्रजातिहरु पाइने गरेका छन् । नेपालको भौगोलिक वातावरण अनुसार बाँसका प्रजातिहरुको विविध क्षेत्रमा विभिन्न किसिमका पाइन्छन् । तराई क्षेत्रमा धेरै मात्रामा बाँस पाइन्छ भने पहाडी क्षेत्रमा पनि यसको खेती गरिन्छ । बाँसको प्रजातिहरूमा ड्रेड्रोक्लेमस, ह्यामिल्टनि, बम्बुसा नेपालेन्सिस, बम्बुसा टुल्डा, र फाइलोस्ट्याकिस ओरियन्टलिस जस्ता प्रजातिहरू पाइन्छन् । यी प्रजातिहरूले नेपालको जैविक विविधतालाई समृद्ध बनाउँदै आएका छन् । बाँसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको छ । बाँस निर्माण उद्योगका लाग धेरै महत्वपूर्ण सामग्री हो । यसलाई घर, पुल, र अन्य संरचनाहरू निर्माण गर्न प्रयोग गरिन्छ । बाँसको मजबूत संरचना र लचकताका कारण यो निर्माण क्षेत्रमा धेरै लोकप्रिय पनि छ । नेपालका ग्रामीण क्षेत्रहरूमा बाँसले घर निर्माणको प्रमुख सामग्रीको रूपमा काम गर्छ । यसले ग्रामीण जनतालाई सस्तो र टिकाऊ आवास प्रदान गर्न सहयोग गरेको छ । यसैगरी फर्निचर बनाउन पनि बाँसको प्रयोग हुने गरेको छ । बाँसको फर्निचर हल्का, मजबूत र सौन्दर्यात्मक हुन्छ । यसले फर्निचर उद्योगमा नयाँ आयाम थपेको छ । नेपालमा बाँसको फर्निचर निर्यात गर्ने सम्भावना पनि धेरै रहेको छ । यसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥र्यउन सक्छ । यसैगरी बाँसलाई कागज उत्पादनको लागि पनि प्रयोग गरिन्छ । बाँसको रेशा कागज बनाउन उपयुक्त हुन्छ । नेपालमा कागज उद्योग विकासको प्रारम्भिक अवस्थामा छ, तर बाँसले यस क्षेत्रमा ठूलो सम्भावना देखाएको छ । बाँसबाट कागज उत्पादन गर्न सकेमा नेपालले आफ्नो कागज आवश्यकतालाई पूरा गर्न सक्छ र निर्यात गर्न पनि सक्छ । यस्तै बाँसले नेपालको हस्तशिल्प उद्योगमा पनि ठूलो योगदान पु¥यउँदछ । बाँसबाट विभिन्न प्रकारका हस्तशिल्प सामग्रीहरू जस्तै टोकरी, चटाई, डलो, र अन्य सजावटी सामग्रीहरू बनाइन्छ । यी सामग्रीहरू नेपालको सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छन् र पर्यटकहरूमा धेरै लोकप्रिय छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न मद्दत गर्नसक्छ ।

उर्जा उत्पादनमा पनि बाँसलाई जैविक रुपमा उपयोग गर्न सकिन्छ । बाँसबाट कोइला बनाउन सकिन्छ जुन ऊर्जा उत्पादनको लागि प्रयोग गरिन्छ । यसले नेपालको ऊर्जा आवश्यकतालाई पूरा गर्न मद्दत गर्छ । बाँसको खेतीले वातावरणमा पनि सकारात्मक प्रभाव पार्छ । किनभने यसले कार्बन बाँसले ग्रामीण विकासमा समेत ठूलो भूमिका निर्वाह गरिरहेको छ । ग्रामीण क्षेत्रमा बाँसको खेतीले किसानहरूलाई अतिरिक्त आय प्रदान गर्छ । बाँसबाट विभिन्न उत्पादनहरू बनाएर ग्रामीण जनताले आफ्नो आर्थिक अवस्था सुधार्न सक्छन् । यसले ग्रामीण क्षेत्रमा गरीबी निवारणमा पनि मद्दत गर्छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । नेपालका ग्रामिण क्षेत्रमा बाँसको उत्पादन र उपयोग धेरै हुनसक्ने भएकाले उत्पादन र विकासमा गाउँका जनतालाई सहभागीता गराएर अघि बढ्न सके बाँस ले ग्रमीण विकासमा राम्रो भूमिका निर्वाह गर्न सक्छ । अहिले विश्वमा जलवायु परिवर्तनले समस्या उत्पन्न गरिरहेको छ । जलवायु परिवर्तनको समस्याबाट नेपालजस्ते देशले बाँसको खेती र रोपणलाई व्यापक गर्नसके केही लाभ हुन सक्छ । बाँसको जराले माटोको कटाव रोक्छ र जलवायु परिवर्तनको प्रभावलाई कम गर्छ । बाँसले वातावरणमा कार्बन डाइअक्साइडलाई अवशोषित गरेर प्रदूषण कम गर्न मद्दत भएकाले यसको महत्व ठूलो रहेको छ । नेपालको सांस्कृतिक परम्परामा पनि ठूलो भूमिका खेल्छ । नेपाली समाजमा बाँसलाई पवित्र मानिन्छ र विभिन्न धार्मिक र सांस्कृतिक अनुष्ठानहरूमा प्रयोग गरिन्छ । बाँसबाट बनेका वाद्ययन्त्रहरू जस्तै बाँसुरीले नेपाली संगीतलाई समृद्ध बनाएको छ ।

बाँसको व्यवसायिक विकासको सम्भावना धेरै भएता पनि नेपाल जस्तो देशमा यसको पूर्ण व्यावसायिक विकासको लागि थुप्रै चुनौतीहरु पनि रहेका छन् । नेपालमा बाँसको प्रशोधन र प्रविधिको अभाव छ । बाँसलाई व्यवसायिक रूपमा प्रयोग गर्न प्रशोधन गर्नुपर्छ तर नेपालमा यसको लागि आवश्यक प्रविधि र ज्ञानको अभाव छ । यसले बाँसको व्यवसायिक प्रयोगलाई सीमित बनाएको छ । बाँसबाट बनेका उत्पादनहरूको बजार पहुँच नेपालमा सीमित देखिन्छ । ग्रामीण क्षेत्रमा बनेका बाँसका उत्पादनहरू बजारसम्म पुग्न सक्दैनन् । यसले किसानहरूलाई आफ्ना उत्पादनहरू बेच्न गाह्रो हुन्छ । नेपालमा बाँसको व्यवसायिक प्रयोगलाई बढाउन नीतिगत समर्थनको अभाव पनि देखिन्छ । सरकारले बाँसको खेती र व्यवसायलाई प्रोत्साहन दिने नीतिहरू बनाउन आवश्यक छ । यसले बाँसको व्यवसायिक प्रयोगलाई बढाउन मद्दत गर्छ । बाँसले नेपालको अर्थतन्त्र, समाज र पर्यावरणमा ठूलो योगदान पु¥याउँदै आएको छ । यसले ग्रामीण विकास, पर्यावरण संरक्षण, र सांस्कृतिक परम्परालाई समृद्ध बनाएको छ । तर बाँसको व्यवसायिक प्रयोगलाई अझ बढाउन प्रविधिको विकास, बजार पहुँच, र नीतिगत समर्थनको आवश्यकता देखिन्छ । यदि यी चुनौतीहरू समाधान गर्न सकियो भने बाँसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन सक्छ र ग्रामीण जनताको जीवनस्तर सुधार्न मद्दत गर्न सक्छ । बाँसको व्यवसायिक महत्व र आवश्यकतालाई बुझेर यसको संरक्षण र सदुपयोग गर्नु आजको आवश्यकता हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *