राजाको तस्वीर भएको नोट नचलाउन राष्ट्र बैङ्कको निर्देशन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालमा अब देखि राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी सुरु गरिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार नै सबै बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन  निर्देशन दिएको हो । राजाको तस्बिर भएको नोटहरू हटाइने भएपनि तत्कालै भने यी नोटहरूमा प्रतिबन्धित नलगाउने बताइएको छ। सर्वसाधारणहरु द्वारा बैङ्कमा बुझाइएकाहरू त्यस्ता नोटहरुलाई सबै बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचिने छ भने अब देखि त्यसलाई पुन: बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी रहेको छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीर सहितको नोटलाई पुन: सर्वसाधारणमा भने प्रवाह नगर्न भनेको हो र ती नोटलाई बैंकमै राख्न भनिएको हो।

राष्ट्र बैङ्कले सफा नोट नीति कार्यान्यन गराउन भन्दै उक्त निर्देशन जारी गरेको हो। यस निर्देशनअनुसार अब कुनै पनि बैङ्कले नोटहरूलाई तीन भागमा वर्गीकरण गर्नुपर्ने हुन्छ । बैङ्क तथा वित्तीय संस्थाहरूले अब एटीएम लगायतका मेसिन मार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी नोटहरू गरि अब सबै नोटलाई कूल तीन किसिमले वर्गीकरण गर्नुपर्ने बताइएको छ । राष्ट्र बैङ्कले वर्गीकरण गरी एटीएम मेसिन लगायतमा पठाउन सकिनेलाई हरियो रङको स्लिप लगाउने, काउन्टरबाट भुक्तानी गर्न सकिने नोटको प्याकेटमा सेतो रंगको स्लिप र चलन चल्तीका लागि अयोग्य हुने नोटको प्याकेटमा रातो रङ्गको स्लिप लगाउनुपर्ने अनिवार्य गराएको छ ।

त्यस्तै गरि सम्पूर्ण बैंकलाई नोटको प्याकेटमा अबदेखि बैङ्कको नाम, बैङ्क‍का कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी सम्पूर्ण विवरण अनिवार्य रुपमा राख्नका लागी पनि राष्ट्र बैङ्कले आह्वान् गरेको छ । झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ्ग लगएको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई निष्काशनलाई अयोग्य नोटको रुपमा वर्गीकरण गर्न राष्ट्र बैङ्कले भनेको छ । राष्ट्रिय बैंकले अबदेखि देशमा सफा नोट कार्यन्वयन गराउने हिसाबले राजाको तस्बिर रहेको नोट हटाउने र नोटलाई वर्गीकरण गरेर बिग्रिएको तथा चलनमा आउन नसक्ने नोटहरु पनि हटाउन लागेको हो ।

Facebook Comments Box