उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी बजेट तर्जुमा गर्नु आवश्यक

खवर पाटी (खोज खबरको अभियान)

नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत जलविद्युत उत्पादनको निति पनि बिगतको बजेट र सरकारको बर्तमान नीति तथा कार्यक्रमले अबलम्बन गरेको छ । अर्को तर्फ सरकारले अमलेखगञ्ज देखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिस्तार, भारतको सिलगुढी देखि झापाको चारआलिसम्म पेट्रोलियम पाइपलाइन बिस्तार अध्यायन र  चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नीति अबलम्बन गरेको छ ।

बाताबरण मैत्री यातायातका लागि बिधुतिय सवारी प्रोत्साहित गरेर भारत सङ्गको व्यापार घाटा समेत कम गर्न जलविद्युतमा उच्चतम लगानी गर्ने र पेट्रोलियम पदार्थ क्रमिक रुपमा बिस्थापन गर्ने गरि बजेट तर्जुमा गर्नु आबश्यक छ । यसका साथै कोभिड १९ कहिले सम्म भन्ने कुनै ठेगान छैन । यसको औषधि र भ्याक्सिन समेत पत्ता नलागेको र WHO ले कोभिड १९ कम्तिमा ३ बर्ष रहने वा AIDS जस्तो लामो समय सम्म रहने चेतावनी दिएको सन्दर्भमा तत्काल पर्यटनबाट उल्लेख्य फाइदा लिन नसक्ने अबस्था आउन सक्छ ।

अत: पर्यटन क्षेत्रको बजेट कटौती गरि अन्य उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने गरि बजेट तर्जुमा गर्नु आबश्यक छ । अन्त्यमा नेपालमा दिनप्रतिदिन कोभिड संक्रमण बढिरहेको परिप्रेक्ष्यमा नेपालको स्वास्थ क्षेत्रमा कायापलट गरि स्वास्थको हकको अनुभुत गर्ने गरि बजेट तर्जुमा गर्नु आबश्यक छ । यसको साथै यस आ. ब. को बजेटले रोजगारी सिर्जना, कृषि क्षेत्रको बिकास, जलविद्युत उत्पादन, साना तथा मझौला उद्योगलाई पुनर्जीवन प्रदान नीति अबलम्बन गर्नु आबश्यक देखिन्छ । घरमै बसौ सुरक्षित बसौ।

  • बिश्वास ढकाल, लिखु २ नुवाकोट
Facebook Comments Box