कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्धारा राहत प्रदान

खवर पाटी (खोज खबरको अभियान)

दोहा / कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा २०० जनालाई वितरण गरेको हो।

उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए। यस नवौं चरणमा सनैया स्ट्रिट नम्बर ५, १०, ११, १५, २३, ३८, लक्ता रयान, अम सलाल मोहम्मद, मैजार,अल्खोर, अल रयान, मदिना खलिफा, मार्खिया,न्यु सलता, नज्मा, अल खिसा, एन खालिद,मतार कदिम, वर्ल्ड अल घानिम, तरबार गेट, मुग्लिना, अल तुममा, अल साद, वाक्रा, दुहिल र मुराका राहत वितरण गरिएको छ। कतारमा पीडित नेपाली कामदारहरु धेरै भए पनि अहिलेसम्म एक हजार ५१५ जनालाई राहत वितरण गरिएको संयोजक गुरुङले बताए।

राहत बितरण कार्यमा अहिलेको महामारीमा पनि आफ्नो स्वास्थ्यलाई समेत ध्यान नदिई प्रत्यक्ष सहभागी भएर सहयोग गर्नेहरु एनआरएनए आईसीसी मध्यपुर्ब संयोजक प्रबिन गुरुङ्ग ,आईसीसी मध्यपुर्ब संयोजक राज रेग्मी , आईसीसी सदस्य रमेश भट्ट ,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान , सामाजिक ब्यक्तित्व पूर्ण पोखरिया , एनसीसी महासचिव पदम गिरी , एनसीसी कोषाध्यक्ष बिनोद बसौलालगाएतलाई राहत समितिका संयोजक गुरुङ्गले बिशेष धन्यबाद दिदै कतारमा रहेका सहयोगी हातहरुलाई अग्रपंक्तिमा आउन आग्रह गरे ।

कोरोना संकटको कारणले कतारमा रहेका नेपालीहरुलाई खाद्यान्नसम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरिएको एनआरएनए महासचिव पदम गिरीले बताए। कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ। सोमबार मात्र एक हजार ७५१ नयाँ संक्रमित थपिएका छन्।

विज्ञप्ति :

एनसीसी कतारद्वारा नवौ चरणको राहत बितरण सम्बन्धमा।

आज मिति २४ मे २०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती द्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज आज २५ मे २०२० का दिन नवौ चरणमा कतारको सनैया स्ट्रीट नम्बर ५, १०, ११, १५, २३, ३८, लक्ता रयान, अम सलाल मोहम्मद, मैजार,अल्खोर, अल रयान, मदिना खलिफा, मार्खिया,न्यु सलता,नज्मा, अल खिसा,एन खालिद,मतार कदिम,वल्ड अल घानिम,तरबार गेट,मुग्लिना,अल तुममा,अल साद, वाक्रा, दुहिल र मुरा का विभिन्न ठाउँमा रहेका २०० जना कोरना भाइरसको प्रभाबले पीडित नेपालि श्रमिकहरुलाई १५ दिनका लागि पुग्ने खाद्यान्नको प्याकेज बाढीएको सबैमा जानकारी गराउदछु।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार,आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग ज्यु ,आईसीसी मध्यपुर्ब युवा सम्योजक राज रेग्मी ज्यु, आईसीसी सदस्य रमेश भट्ट ज्यु,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु, एनसीसी महासचिव पदम गिरी ज्यु, एनसीसी कोषाध्यक्ष बिनोद बसौला ज्यु, एनसीसी सचिबालय सदस्य नरेश श्रेष्ठ ज्यु, सदस्यहरु झबिन्द्र आचार्य ज्यु, गजेन्द्र राई ज्यु, उद्दार तथा राहत समिती सदस्य सुमन भारती ज्यु, साथै विशेष सहयोगिहरु राकेश नारायण प्रसाद ढुंगाना ज्यु, सबिन्द्र श्रेष्ठ ज्यु, अर्जुन मुडवारी ज्यु, प्रेम रिजाल ज्यु, बुद्धि भण्डारी ज्यु,प्रकाश ढकाल ज्यु, धिरेन तामाङ ज्यु, सुनिल खतिवडा ज्यु र देव लम्साल लगायत सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।

उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती संयोजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

जनसवाल

Facebook Comments Box