सीमा विवादका विषयमा बोल्यो अमेरीका

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारत सीमा विवाद समाधानका लागि अमेरिका तयार रहेको बताएका छन् ।

चीन र भारतबीच पछिल्लो समय सीमा विवाद चुलिँदै गएको छ । यस क्षेत्रमा दुवै मुलुकका सेनाबीच झडप समेत भएको छ ।

चीन–भारत विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति ट्रम्पले दुवै देशलाई सीमा विवादलाई समाधान गर्न अमेरिकाले जानकारी गराइसकेको बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्, ‘हामीले भारत र चीन दुवैलाई जानकारी गराएका छौं कि दुवै देशबीचको सीमा विवाद समाधानका लागि अमेरिका मध्यस्थता गर्न इच्छुक र समर्थ छ ।’

Facebook Comments Box