एजेन्सी जेष्ठ १६ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसगँको तनावलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् ।
ट्रम्पले हालै चीन भारतबीच चर्किएको सीमा विवादका सन्दर्भमा मध्यस्थताको प्रस्ताव गरे पनि दुबै देशले स्वीकार गरेका थिएनन् ।
उनले आवलमा बिहिबार भएको पत्रकार सम्मेलनमा पुनः आवस्यक परे मध्यस्थता गर्ने जनाउदै आफूले मोदीसगँ चीनसगँ भएको ठूलो टकराबको बिषयमा कुरा गरेको तर यो मामलामा मोदीको मुड ठीक नभएको दाबी गरे ।
उनले भने , पुरै भारत पनि यो मामलामा खुसी छैन र शायद चीन पनि खुसी छैन होला ।
ट्रम्पले भारत र चीनबीच ठूलो टकरावको स्थिति बनेको दाबी समेत गरेका छन् ।
चनि र भारत एक अर्ब ४० करोड बराबर जनसंख्या भएका, दुबै देशसगँ मजबुत सेना रहेको तर्क पेश गर्दै मोदीको मुड ठीक नभएको दोहोर्याएका थिए ।
उनले फेरी पनि दुबै देश मञ्जुर भएमा आफूले चीन र भारतबीच मध्यस्थता गर्न सक्ने दोहोर्याएका छन् ।
Facebook Comments Box