धादिङका स्थानीय तहलाई कति बजेट ? (विवरण सहित)

खवर पाटी (खोज खबरको अभियान)

धादिङ,१६ जेठ । सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहलाई दिने अनुदान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । बिहिबार अर्थमन्त्रालयले आफ्नो वेबसाइटमार्फत समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा सातवटा प्रदेश र ती प्रदेशका पालिकाहरुलाई विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो ।

सातवटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने सबै प्रदेशका नगर तथा गाउँपालिकाहरुलाई तीन खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ, गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् । यसैगरी धादिङ जिल्लाको १३ वटा स्थानिय तहहरुमध्ये सबैभन्दा वढि बजेट निलकण्ठ नगरपालिकाले पाउने भएको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ६६ लाख रूपैँया रहेको छ।

धादिङको १३ वटा स्थानिय तहहरुको बजेट विवरण :

निलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख

धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख

थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख

गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख

गजुरी गाउँपालिका – ३२ करोड २९ लाख

बनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख

सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख

ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख

त्रीपुरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख

गँगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख

नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख

खनियावास गाउँपालिका – १९ करोड ९८ लाख

रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख

  • बिक्रम वाईबा तामाङ/ धादिङ
Facebook Comments Box