अन्तरजातिय प्रेम: प्रधानमन्त्रीलाई जायज, दलित युवाले ज्यान दिनुपर्ने, कस्तो भेदभाव ? -बि.बि. खराल

खवर पाटी (खोज खबरको अभियान)

पुर्ब नवलपरासिको गैडाकोट नगरपालिका वडा १० देखि वडा १४ सम्म मुकुन्दपुर परिसरभरी नेपाल दलित समाज मुकुन्दपुरले बृहत शान्तिपुर्ण र्यालि निकालि हर्कपुर र बेल्डियाहमा कोणसभा गरेको छ । जाजरकोटको भेरी गंगा नपाका नवराज बिक,  टिकराम बिक,  गणेश बुढा मगर, लोकेन्द्र सुनार सन्जु बिक सहित नवराज बिक आफ्ना १९ जना साथिहरुको टोलि सहित पश्चिम रुकुममा जनाको पश्चिम रुकुमको चौरजहारी ८ सोतिगाउकामा रहेकी आफ्नो प्रेमिका शुस्मा मल्ललाइ लिन गत जेष्ठ १० गते लागेका नवराज बिक सहित ६ जनाको भेरी नदिमा बिभर्त्स हत्यागरी फालि दिएपछि उक्त घटनाले यतिखेर देशमा सदन सडक नागरिक समाज मिडिया सामाजिक सन्जाल देखि सयुक्त राष्ट्रसघ सम्म आवाज उठेको छ ।

नेपालमा बिभिन्न जिल्लाहरुमा द्लित सन्जाल सङ्गठनहरुले नवराज बिकको हत्याको कडा छानबीन गरी दोषिलाइ कार्बाहि को माग गर्दै जातियबिभेदको अन्त्यको माग राखेका छन । यसै बिच गैडाकोटको मुकुन्दपुरमा पनि नेपाल दलित समाज मुकुन्दपुरले पनि बृहत मार्च पासगरी रुकुम हत्याकाण्डको बिरोध जनाएको छ ।

बिरोध सभामा नेकपाका युवा नेता बिबि खरालले पनि दलित समाजले आयोजना गरेको बिरोध र्यालिमा सहभागी जनाउदै देशमा हजारौ बर्षदेखि दलित समाजप्रति गरिएका बिभेदको अन्त्य हुनपर्ने र रुकुम हत्याकाण्डको बास्तबिक दोषिलाइ हदसम्मको कार्बाहिको माग गरेका छन । बिरोध सभालाइ सम्बोधन गर्दै नेता खरालले देशमा हाल अन्तरजातिय प्रेम बिबाह गरेका प्रधानमन्त्रीले रुकुम हत्याकाण्ड र आफ्नो प्रेमिकालाइ लिन जादा ज्यान गुमाएका नवराज बिक सहित छ जनाको ज्यान प्रेम कै खातिर गएकाले प्रधानमन्त्री उच्च जातिको रहेकाले अन्तरजातिय प्रेम गर्दा सामन्य हुने तर एक दलितले प्रेम गर्दा ज्यान दिनपर्ने यो बिभेदको बिरुद्दले प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग राखे ।

समाजका अध्यक्ष कृष्ण किसानले रुकुम हत्याकाण्ड नौलो नभएको भन्दै हजारौ बर्षदेखि हामी दलितले यस्ता जघन्य अपराधका दमन सहदै आएका छौ । अध्यक्ष किसानले हाम्रो सिप चल्ने हाम्रो रगत चल्ने हाम्रो मतदान चल्ने, हामीले बनाएका मुर्ति र भाडाकुटा चल्ने जवानी चल्ने तर हामी नै र हामीले छोएको पानी नचल्ने यो बिभेदको अन्याय कहिले सम्म हामी ले ब्योहर्न पर्ने हो भन्दै सरकार समक्ष गुनासो पोखेका किसानले रुकुम हत्याकाण्ड कडा रुपमा छानबीन गर्न माग गदै नवराज बिक लगाएत सम्पुर्णलाइ न्याय माग्दै बिरोध गरेका र अब हामी यो अतिबादिबाट र दमनबाट सहन नसक्ने जनाउदै हामी अब मौन रहदैनौ र अब दमन अझै बढे प्रतिरोध गर्न हामी मौन रहन सक्दौनौ भने ।

 

Facebook Comments Box