शनिबार मात्रै सुदूरपश्चिमको ३ नाकाबाट ८ हजार नेपाली भित्रिए

खवर पाटी (खोज खबरको अभियान)

लम्की, जेठ १७ । सुदूरपश्चि प्रदेशका विभिन्न नाकाबाट नेपालीहरु नेपाल भित्रिने क्रममा शनिबार समेत आठ हजार भन्दा बढि नेपाली भित्रिएका छन् । भारतका विभिन्न शहरबाट आएका उनीहरु पानीमा भिज्दै शनिबार नेपाल प्रवेश गरेका हुन् ।
कञ्चनपुर जिल्ला प्रशासनका अनुसार शनिबार तीनहजार ७५२ नेपाली गड्डा चौकी नाका भएर नेपाल भित्रिएका छन् ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक दक्ष बस्नेतले गौरीफन्टा नाकाबाट चारहजार २०७ नेपाली भित्रिएको बताउनुभयो ।
बैतडीको झुलाघाटबाट समेत साझँ ६ बजेसम्म १८१ जना नेपाल भित्रिएका छन् । नेपाल भित्रिएका उनीहरुलाई स्थानीयले पानीबाट बच्न पालको व्यवस्था गर्नुकासाथै खाना पानी दिएर सहयोग गरेका थिए ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल भित्रिने नेपालीको संख्या करिब ५६ हजार पुगेको छ । लक डाउन लागू भएसँगै बन्द भएका सीमा नाकामा अल्पत्र परेका ठूलो नेपालीको संख्या आउन थालेपछि खोलिएको थियो । जेठ २ गतेबाट खुल्ला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रम बढ्दै गएको छ । सीमा प्रवेश सँगै उनीहरुलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धार समेत गरेको छ।
सीमामा परीक्षण नगरी उनीहरुलाई सम्बन्धित जिल्लाका क्वारेन्टाईनमा राख्दा ब्यवस्थापनमा समस्या आउनुको साथै जोखिम समेत बढेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । चाँदनी आचार्य/गोप

Facebook Comments Box