इण्डोनेशियासँग नेपालको लज्जास्पद हार

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, इण्डोनेशियासँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । कुवेतस्थित जाबिर अल अहमद मैदानमा गएराती सम्पन्न खेलमा नेपाल इन्डोनेशियासँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

एएफसी एशियन कप २०२३ को छनौट समूह चरणका सबै तीन खेलमा हार व्यहोर्दै नेपाल अंकविहिन बनेको छ । डिफेन्डर सुमन अर्याल दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि पहिलो हाफदेखि नै दश खेलाडीमा सीमित नेपालले आफ्नो अन्तिम खेल ७-० गोल अन्तरले गुमाएको हो ।

पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित नेपालले कुवेतसँगको खेल ४-१ गोलले गुमाएको थियो । खेल समाप्तीसँगै समह ए मा जोर्डन ९ अंकका साथ शीर्ष स्थानमा छ भने ६ अंकसहित इन्डोनेशिया दोस्रो र तीन अंकसहित कुवेत तेस्रो स्थानमा रहेका छन् । नेपालले भने अंकविहिन हुँदै आफ्नो छनौट यात्रा अन्त्य गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *