नवलपरासीमा थप ३ जना संक्रमित, गण्डकीमा संक्रमितको संख्या २७

खवर पाटी (खोज खबरको अभियान)

पोखरा, जेठ १९  गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार सोमबार बिहान थप तीन जानामा संक्रमणा पुष्टि भएसँगै गण्डकी प्रदेशका ६ जिल्लामा कोभिड १९ को संक्रमित संख्या २७ पुगेकाे हाे
गण्डकी प्रदेशका ११ जिल्ला मध्य बागलुङमा ८ जना, स्याङ्जामा ७ जना, नवलपरासीमा ९ जना, तनहुँमा १, म्याग्दीमा १ र लमजुङमा १ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित पुष्टी भएका अधिकांश विदेशबाट आएकाहरु रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयकाअनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिदै आएको छ । संक्रमित २७ जना मध्य हालसम्म तीन जना निको भएर घर फर्किएका छन् । चैत पहिलो साता बेल्जियमबाट आएका बागलुङका १९ वर्षी युवती, ६५ वर्षीय महिला र लमजुङ स्थायी घर भई काठमाडौंमा संक्रमण पुष्टी भएका तीन वर्षीय बालक निको भई घर फर्कीसकेका छन् ।
गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आइतबारसम्म तीन हजार ४९३ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ५४ जनामा कोरोना संक्रमण नदेखिएको र ४१५ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।
पछिल्लो पटक कोरोना संक्रमण पुष्टी भएका पुर्वी नवलपरासीका तीनै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार बिहान कावासोती नगरपालिका ठेगाना भई नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२ र ३६ वर्षका दुई पुरुष र विनयत्रिवेण्ी गाउँपालिकाको ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १४ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । गोरखापत्र

Facebook Comments Box