दुश्मन र म
आजभोलि मेरा दुईटा
दुश्मन छन्
बाहिर एउटा , घर भित्र
अर्को
बाहिरको दुश्मन बाट
जोगिन
घरको ढोका थुनेर बसेको छु
दुश्मन अदृष्य छ, अजात छ
न रुप न रंग, न ब्यहोरा न
ढंग
निराकार छ, निष्पट छ
मानौ ऊ त्यही आँगनमा,
बाटोमा,
सारा शहरमा, वस्तीमा कतै
छ
त्यसैले आजभोलि सबै
सुनसान छ
सबै श्मसान छ
किनकी ती हरेक ठाउँमा
दुश्मन छ
त्यहाँ मेरो एउटा दुश्मन छ
तिम्रो एउटा दुश्मन छ ।
हामी सबैको एउटा दुश्मन
छ
न देखिने, न भेटिने, न त
कतै कसैगरी छेकिने
जहाॅसुकै भेटिने, मान्छे भित्र
नै देखिने
खै कस्तो कण छ,
त्यही भित्र मेरो दुश्मन छ
फेरि मेरो अर्को पनि दुश्मन
छ
यो दुश्मन घरभित्र छ, मन
भित्र छ
अझ यो दुश्मन, त मेरो
जीवन भित्र छ।
बेला बेलामा आ…… गर्छ
अब त भोक लाग्यो खाँ
……भन्छ
यो दुश्मन मलाई घर भित्र
बस्न दिदैन
न उठन दिन्छ न त सुत्न
दिन्छ
सधैभरि पछ्याई रहन्छ,
समय समयमा सताइरहन्छ
दुश्मन यो पनि देख्न
सकिदैन, कसैगरी मेटन
सकिदैन ।
घर भित्र छिर्छु, अजंगको
भोक छ
बाहिर निस्कन्छु अचम्मको
रोग छ ।
आजभोलि मेरा दुईटा
दुश्मन छन्
घर भित्र भोक छ, घर बाहिर
रोग छ
एउटा दुश्मन घर बाहिर
निस्कन दिदैन
अर्को दुश्मन घरभित्र पस्न
दिदैन ।
- टी.आर. ढकाल/ ललितपुर