धादिङ १८ जेठ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका भित्र रहेको खानेपानीको मुहान परिक्षण गर्ने कार्य आईतबारबाट सुरु भएको छ । बर्षाको मौसम सुरुहुनु भन्दा अगाडी खानेपानीको मुहानको पानी पिउन योग्य भए नभएको बारेमा नेत्रावती गाउँबासीलाई जानकारी गराउने उद्देश्यल खानेपानीको परिक्षण गरीएको नेत्रावती डबजोङ गाउँपालिकाका स्वाथ्य संयोजक तथा सुचना अधिकारी कृष्ण बहादुर पौड्यालले जानकारी दिनुभयो ।
आईतबार समेजोङका १६ वटा खानेपानीको मुहानको पानी संकलन गरीएको छ । पानी जन्य रोगबाट बच्नको लागि यस्तो प्रकारको कार्यक्रम सन्चालन गरीएको स्वास्थ्य संयोजक पौड्यालले जानकारी दिनुभयो । पालिका भित्रका खानेपानीको नमुना परिक्षणमा प्रत्येक मुहानको पानीमा अम्लियपन र क्षरियपन, कडाप,आईरन, एमोनियार कोलिफमको मात्राको जाँच गरिने छ ।
पानीको मुहान पिउन योग्न नभए नागरिकहरुलाई उमाल्ने विधि, छान्ने विधि, रासायनिक शुद्धिकरणको विधि, सोडिसको प्रयोग गर्ने विधि लगायतको बारेमा जानकारी गराईने कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख मधु धमला(क्षेत्री)ले जानकारी दिनुभयो। शान्ति नेपालले स्थापना गरेको खानेपानी पक्षिण ल्यावबाट खानेपानीको मुहान परिक्षण गरिने मधु धमला(क्षेत्री)ले बताउनुभयो ।
- बिक्रम वाईबा तामाङ/ धादिङ