करातेका प्रसाईद्धारा,निर्देशकको पदभार ग्रहण

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद,तालिम तथा प्रशिक्षण बिभागको नव नियुक्त निर्देशक शोभित राज प्रसाईले विहिवार पदभार ग्रहण गरेकाछन । राष्ट्रिय खेलकुद परिषदमा बि.स.२०५० सालमा कराते प्रशिक्षकको रुपमा करार सेवामा प्रवेश गरेका प्रसाई बि.स. २०५२ सालमा अधिकृत(तृतिय श्रेणी)मा स्थायी नियुक्ती भएका थिए । करिव साँढे चार दशक देखि निरन्तर रुपमा कराते खेलको,विकाश-विस्तार र प्रवर्द्धनमा लागिपरेका कोशी प्रदेश मोरङ्ग जिल्ला स्थायी निवासी,करातेका बरिष्ठ प्रशिक्षक प्रसाई नेपाली खेलकुदमा हाकी र प्रष्ट वक्ताको रुपमा परिचित रहेकाछन । प्रसाईले आफ्नो खेल जीवनमा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी भई राष्ट्रका लागि बिभन्न पदकहरु दिलाई सकेका छन । बिगतमा कराते खेलको प्रमुख प्रशिक्षकको भुमिकामा ३ बर्ष आफ्नो सफल कार्यकाल समेत निर्वाह गरि सकेका प्रसाई गत भाद्र २१ गते शुक्रवार तालिम तथा प्रशिक्षण विभागको निर्देशकको रुपमा नियुक्त भएका थिए ।बि.स.२०६४ सालमा करातेको नायव वरिष्ठ प्रशिक्षक (अधिकृत द्धितिय श्रणी ) मा बढुवा भएका प्रसाईको आगमननले तालिम तथा प्रशिक्षण बिभागमा आवद्ध प्रशिक्षकहरु उत्साहित भएको स्वागतमा उपस्थित प्रशिक्षकहरुले वताए । आज ( विहिवार) सयौंको संख्यामा उपस्थित भएका बिभिन्न खेलका प्रशिक्षकहरुले कार्यकक्षमा उपस्थित भई भव्य स्वागत गरेका थिए । यस भव्य प्रकारको स्वागतले आफुमा खेलकुदलाई अझ बिकशित र व्यवस्थित गराउनका निम्ति थप उर्जा प्रदान भएको नव नियुक्त निर्देशक प्रसाईले वताउनुभयो । निर्देशक प्रसाई नेपालमा कराते खेल मध्ये लोकप्रिय,चर्चित एवम सबैभन्दा बढी खेलकर्मी आवद्ध भएको स्थापित खेल सितोरियो करातेका वरिष्ठ प्रशिक्षक हुन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *