छोरी लिन गएका रमजान मिया सहित ३० जना नेपालीलाई भारतीय प्रहरीले बन्धक बनायो

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं, छोरी लिन गएका रमजान मिया सहित ३० जनानेपाली लाई भारत प्रशासनले कोरोना फैलाउने भन्दै त्यहाको क्राइमब्रान्च पुलिसले मुद्दा चलाएको छ । रमजान मिया उनी मार्च ३० गते भारत गएका थिए । गोर्खा जिल्लाका रमजान मिया उनी आफ्नो छोरी आईशा खातुन देउबन्द सहारन्पूर यु पी को मद्रसा पढिरहेकी छोरीको बिदा भएपछि लिन भारत गएका थिए । छोरीलाई बिद्यालयले तपाई छोरी लाई भोलि लिन आउनु भनेपछि उनी त्यहाबाट दिल्लिको निजामुद्दिन मर्कजमा बस्न गएका थिए । अप्रीलबाट भारत र नेपाल दुबै देशमा एकै पटक लकडाउन भएपछि उनी मर्कज मै थुनिएका थिए । भारतका मिडियाले निजामुद्दिन मर्कज र त्यहाका धार्मिक मुस्लिम समुदायप्रति कोरोना फैलाउने आरोप लगाउदै नेपालबाट पनि कोरोना बम बनाएर भारत पठाउदै भन्ने बिभिन्न आरोप लगाउदै आएका थिए । अहिले उनिहरुलाइ दिल्लिको एक अपार्टमेन्टमा राखेर मुद्दा चलाउदा पनि दिल्लि स्थित नेपाली दुताबास भने मौन रहेको छ । ६५ दिन देखि उनीहरु बन्धक भएर बसिरहेको र बारबार कोरोना परिक्षण हुदा पनि नेगेटिभ आएपनि प्रहरीले कोरोना फैलाउने अभियोगमा मुद्दा चलाएको छ । हाल उक्त क्वारेण्ट टाइनमा रमजान मिया, नजिर मिया र नेपाली बिधार्थिहरु सहित ३० जनालाइ प्रहरीले बन्धक बनाएका छन । रमजान मियाको छोरी भने सहारनपुरमै उनी आफ्नो साथीको घरमा सुरक्षित रहेकी छिन ।

https://www.youtube.com/watch?v=jdRz5cvZR6k&feature=share&fbclid=IwAR2WKQ6ChlaDjylpcS8AAu65w_2FRJCZMRtIwp_wvpdkQBtH_gFK9lk4h8E

Facebook Comments Box