अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्ने असार ७ मा

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । २०७७ साल असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाया पृथ्वीमा पर्न गएमा छाया परेको स्थानमा सूर्यग्रहण लाग्ने वैज्ञानिकको भनाइ छ। सूर्यग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन्छ। असार ७ गते लाग्ने ग्रहणको नामाकरण खण्डग्रास सुर्यग्रहण भनेर गरिएको छ । उक्त ग्रहण बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने, १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउने  र २ बजेर २४ भन्दा पछाडीको समयमा सकिने बताइएको छ। यो ग्रहणको अवधि कूल ३ घण्टा ३१ मिनेटको हुनेछ । असार ७ गते लाग्ने उक्त खण्डग्रास सुर्य ग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ ।

वैज्ञानिकहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाश छेक्छ र उक्त प्रक्रियामा पृथ्वीमा छाया पर्छ। ‘सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ, सूर्यग्रहण केवल चन्द्रमाको ‘यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।’ विज्ञान संग्राहलयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार  शर्माले भने।  असार ७ गते लाग्ने उक्त सुर्य ग्रहण मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । ग्रहणको बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्ने बताइएको छ ।

मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु , कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्ने हुँदा यी राशिका व्यक्तिहरुले त्यस दिन ग्रहण हेर्न मिल्दैन । त्यस्तै गरि मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा भने उनीहरुलाई विशेष फाईदा हुने बताइएको छ। मेष राशिले उक्त ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुने बताइएको छ भने सिंह राशिलाई पनि निकै लाभ मिल्ने बताइन्छ। त्यस्तै गरि कन्या तथा मकर राशिहरुले त्यस दिको सूर्य ग्रहण हेर्दा सुख प्राप्त हुने योग रहेको देखिएको छ । यी बाहेक अन्य राशिको लागी उक्त ग्रहण हेर्नु शुभ नरहेको हुँदा वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु , कुम्भ र मीन राशिहरुले ग्रहण नहेर्न सुझाइएको छ।

सुचना हब

Facebook Comments Box